आफ्नो औचित्य समाप्त भएको हेर्दै नेपाली काङ्ग्रेस

आफ्नो औचित्य समाप्त भएको हेर्दै नेपाली काङ्ग्रेस


■ दामोदर पौडेल

बहुलवादमा आधारित लोकतन्त्र र समाजवाद मानव जीवनको लागि अजेय विचार हो । यो विचारको सदुपयोगबाट मानव जातिको विकास, रक्षा र शान्ति सम्भव छ । यो विचारलाई औपचारिक र ब्यवहारिक रूपमा नेपालमा प्रवेश गराउने बीपी कोइराला थिए । त्यही विचारको आधारमा नेपाली काङ्ग्रेसको स्थापना भयो । पछि गएर यो दलले औपचारिक रूपमा नै समाजवाद आफ्नो लक्ष्य राख्यो ।

समाजवाद वास्तवमा नै विचारको मध्यमार्ग थियो । धेरैजसो पुँजीवादीहरूले लिएको लोकतान्त्रिक परिपाटी र स्वतन्त्र चुनावलाई नेपाली काङ्ग्रेसले आत्मसात गरेको हो । त्यस्तै गरेर कम्युनिष्टहरूले भन्ने गरेको पूर्ण समानतालाई पनि वैचारिक रूपमा काङ्ग्रेसले आत्मसात गरेको हो । त्यसैले कम्युनिष्टहरूले समाजवादलाई कम्युनिष्टहरूको प्रभाव रोक्नको लागि पुँजीवादीहरूले गरेको नयाँ आविष्कार भन्दथे भने पुँजीवादी विश्वले पनि समाजवादीहरूलाई आफ्नो नजिकको मान्दैनथ्यो । नेपाली काङ्ग्रेसका नेता एवम् कुशल विचारक प्रदीप गिरीले पनि लोकतान्त्रिक समाजवाद भनेको कम्युनिष्टको हावा रोक्न सुरु गरिएको विचार थियो भन्ने सङ्केत गरेको पाइन्छ ।

वास्तवमा त्यसो होइन । बरु दुई वटा अतिवादी विचारहरूको बीचमा थिचिन पुगेको सत्यको पक्षमा समाजवाद थियो । लोकतन्त्रको नाममा पुँजीवादी चरित्रबाट गरिव वर्गको हितलाई प्रमुख नमान्ने र समानताको नामबाट समानताको ऐना मानिने लोकतन्त्रलाई नमान्ने कम्युनिष्टहरूको बीचको विचार ‘समाजवाद’ हो । यसले विकासमा आधारित समानता र समानता भए–नभएको जाँच्ने माध्यम लोकतन्त्रलाई आत्मसात गर्दछ । यो वास्तवमा दुई वटा ‘अति’को बीचको हो र वास्तविकता पनि हो ।

रणनीतिक वाहेक ब्यवहारमा चीनले मधेसी समुदायलाई आफ्ना नजिकका नसम्झने र भारतले कम्युनिष्टहरूलाई आफ्ना नजिकमा नमान्ने तथा पहाडी समुदायमा कम्युनिष्ट बढि देखिनुले पनि अर्थ राख्दछ । यसले गर्दा अबको काङ्ग्रेसको हैसियत के हो भन्ने खोज्नुपर्ने अवस्थाको सिर्जना हुँदै जाने भएको छ ।

एउटा नैतिक कथा यस्तो छ । खेतमा काम गर्दा किसानले एउटा विषालु सर्पको बच्चा मारिदियो । सर्पले पनि अर्को दिनमा किसानको बच्चालाई मारिदियो । किसान त्यो खेतलाई आफ्नो मान्थ्यो र सर्प पनि आफ्नो मान्थ्यो । सर्पलाई पनि किसानको डर थियो र किसानलाई पनि सर्पको डर थियो । किसानले भन्यो– अब दुश्मनी नगरौँ मिलेर बसौँ । सर्पले भन्यो– हुँदैन, सम्भव छैन । न तँ आफ्नो छोरा मरेको पीडा बिर्सन सक्छस् न म मेरो सन्तान मारिएको पीडा भुल्न सक्दछु ।

पुँजीवाद र साम्यवादको अवस्था त्यस्तै थियो । तर, समाजवादीहरूले भने बीचकै बाटो अपनाएका थिए, सन्तान मरेको दुवैले सम्झने तर दुवैले त्यस्तो गल्तीले अझै अरु पनि मर्दछन् भनेर त्यो गल्ती नदोहोऱ्याउने । अर्थात्, गरिवीको निवारण र लोकतन्त्र एकअर्काका दुस्मन हैन सिक्काका दुई पाटा बनाउन सकिन्छ भन्ने सोच नै समाजवादी सोच हो । त्यो समाजवादी विचार र ब्यवहारलाई नेपालमा पनि बारम्बार पुँजीवादी धारको भन्ने आरोपमा नै पऱ्यो भने कहिले भारतले लोकतन्त्र मान्ने हुँदा ‘भारतीय दलालको विचार’ पनि भनियो । बहुलवादमा आधारित चुनावको पक्षमा जानु भनेको त कुनै समयमा पुँजीपतिको दलाल नै हुन्थ्यो ।

समयको बदलावले त्यस्तो अवस्था रहेन । काङ्ग्रेसले लिएको विचार नेपालमा सबै ठुला दलहरूले आफ्नो पनि विचार बनाए । कम्युनिष्टहरूले बहुदल र बहुलवाद मान्दै समाजवादको निर्माण गर्ने भनेकै छन् । उनीहरू अहिले देशका पहिलो ठूलो दलमा छन् । तेश्रो ठूलो दलले त नाम नै जनता समाजवादी दल राखेको छ । यसले पनि बहुलवादमा आधारित लोकतन्त्र मान्दछ । यसरी काङ्ग्रेसको राजनैतिक एजेण्डा र आर्थिक एजेण्डा पुर्ण रूपमा नेपालमा वैचारिक रूपमा स्थापित भएको छ । यद्यपि केही कम्युनिष्टहरूको बहुदलप्रतिको विश्वास प्रष्ट छैन । तर, काङ्ग्रेस सानो हुँदै क्रमशः कमजोरसमेत हुँदै गएको छ, किन ?

नेपाली काङ्ग्रेसको सबैभन्दा राम्रो आधार क्षेत्र तराई थियो । यो पटकको चुनावमा तराइको पुर्ण प्रतिनिधित्व गर्ने प्रदेश २ मा काङ्ग्रेस तेस्रो स्थानमा रह्यो । पहाडमा कम्युनिष्टहरूसँग काङ्ग्रेसको प्रतिस्पर्धा कमजोर नै छ । पहिला तराईमा काङ्ग्रेसको पकड राम्रो थियो । पहाडमा पनि गिरिजाप्रसाद कोइरालाले ‘लोकतन्त्रमा कसैको हार हुँदैन,.. यो जित काङ्ग्रेस, कम्युनिष्ट र पञ्च सबैको हो’ भने । पञ्चसँग कम्युनिष्टहरू बढि उग्र थिए । त्यसकारणले पञ्चहरू काङ्ग्रेसका सहयोगी बने यसले गर्दा काङ्ग्रेसले देशका सबै भागबाट चुनावमा राम्रो गर्न सक्यो । तराइमा काङ्ग्रेसको स्थान अहिलेको जनता समाजवादी दलले लियो ।

तराइमा आफ्नो मत बढ्ने र मतदाता थपिने आशामा भारतबाट नेपालमा बसाइँ सर्न चाहनेहरूलाई नेपालको नागरिकता दिन लाग्दा कम्युनिष्टहरूले जस्तै काङ्ग्रेसले पनि कुनै कन्जुस्याइँ गरेन । तर यसको परिणाम फरक भयो । नेपालको तराइमा भारतको पक्षधर जस्तो देखिने विचार हाबी भयो ।

क्रमशः लोकतान्त्रिक ब्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो भन्नेहरूले समेत लोकतन्त्रको महत्व बुझे र आत्मसात गरे । यसको लागि काङ्ग्रेसको पनि भूमिका रहेको होला । लोकतन्त्रको माध्यमबाट विकास र समानता एमालेले पनि आत्मसात गऱ्यो । यसको लागि मदन भण्डारीको बहुदलीय जनवाद र त्यसमा केपी ओलीको दृढ आस्थाले काम गऱ्यो । तराइमा काङ्ग्रेसको पकड राम्रो हो । तराइमा आफ्नो मत बढ्ने र मतदाता थपिने आशामा भारतबाट नेपालमा बसाइँ सर्न चाहनेहरूलाई नेपालको नागरिकता दिन लाग्दा कम्युनिष्टहरूले जस्तै काङ्ग्रेसले पनि कुनै कन्जुस्याइँ गरेन । तर यसको परिणाम फरक भयो । नेपालको तराइमा भारतको पक्षधर जस्तो देखिने विचार हाबी भयो । हिन्दी भाषाको माग मात्र हैन भारतीय नाकाबन्दी भएको भन्ने दावा नेपालका राजनीतिका मुलप्रवाहमा रहनेहरूले भनिरहँदा तराइकेन्द्रित दलहरूले तराइमा बन्दी आफुले गराएको र नाकाबन्दी भएको समेत भने । काङ्ग्रेसको उदारता काम लागेन ।

मानिसहरू भन्ने गर्दछन्– काङ्ग्रेस राजनीतिक रूपमा भारतीयहरूको नजिकको दल थियो र छ । तर जब ठूलो देशले सानो देशमा आफ्नो पक्षमा काम गर्ने दलाल नै पाउँदछ त्यतिबेला मित्रको आवश्यकता पर्दैन । चीनको सम्बन्धमा पनि त्यस्तै भयो । चिनियाँहरूको लागि नेपाली काङ्ग्रेस असल मित्रको रूपमा बीपीको समयदेखि नै रह्यो । यसको प्रष्ट रूप अहिलेको सीमा विवादमा देखिएको छ । चीनसँगको सीमा विवादमा नेपाल सरकार केही बोलिरहेको छैन भारतको सम्बन्धमा विरोध भएको छ । मधेसकेन्द्रित दलमा भारतको विरोध हैन बरु चीनसँगको सीमाको बढि चासो छ । लिम्पियाधुरा त एउटा बहाना मात्र भयो । देखाउने दाँत जस्तो भयो । वास्तवमा देशमा प्रमुख दुई दलहरू मध्ये एकलाई भारतले गरेको केही पनि विरोध गर्न सजिलो लाग्दैन र अर्कोलाई चीनको विरोध गर्न राम्रो लाग्दैन । ब्यवहारिक राजनीतिको कुनै स्थान छैन, जुन नेपाली काङ्ग्रेसले लिएको छ ।

काङ्ग्रेसले नेपाली बुहारीलाई तुरुन्तै नेपालको नागरिकता दिनु पर्दछ भन्ने माग राखेको छ । सरकारले सात वर्षपछि मात्र नागरिकता दिने भनेको छ । खुला सीमाना भएका भारत र नेपालमा भारतीय बुहारीहरू नेपाल आएर सात वर्षसम्म राजनीति गरेर कुन ठूलो पदमा पुगेका छन् ? त्यो हेरेमा देखिने छ कि कुनै पनि बुहारीहरूले प्रान्तीय सांसद् समेत बन्न सकेका छैनन् । किन डराउने ? नागरिकता दिनु नै छ भने आज दिएर के भयो ? नभए अरु अधिकार अहिले दिने र चुनावमा उठ्ने अधिकार सात वर्षपछि दिए पनि त हुन्छ । तर यहाँ सेन्टिमेन्टको कुरा छ र पहाडी जातिमा मधेसीप्रति र मधेसीमा पहाडीप्रति अविश्वासको भावना बढिरहेको छ र बढाउने काम पनि लक्ष्यअनुरूप नै भएको छ जस्तो देखिन्छ । विवाह गरेर आउनासाथ नै चुनावमा उठेर जितेमा पनि जनताले किन मत दिए भन्ने सवाल त उठ्ला नि ? जनताले सम्भावित गलतलाई अविश्वास गर्ने क्षमता र विश्वासको विकास नागरिकताको रोकाओट भन्दा महत्वपुर्ण छ ।

दुवै विशाल देशहरू निष्पक्ष मित्रभन्दा आफ्ना सहयोगीहरू नै चाहन्छन् र उनीहरूको सीमा विवादसमेतले गर्दा त्यो उनीहरूको स्वार्थको लागि आवश्यक जस्तै देखिएको छ । चिनियाँसमर्थक सरकार भए भारत–चीन विवाद र युद्धको अवस्था आएमा चिनियाँ सेना विराटनगर, रक्सौल, नेपालगञ्जमा पुग्न सक्छन् र भारतसमर्थक सरकार भए सगरमाथाको टुप्पोमा समेत भारतीय सेना जान सक्दछन् ।

भारतले नेपालीलाई पनि नागरिकता ऐनको माध्यमले भारतबाट निकाल्दै छ भन्ने हल्ला चल्यो तर त्यहाँका गृहमन्त्री अमित शाहले सन् १९५० को सन्धिको आधारमा नागरिकताको नयाँ ब्यवस्था नेपालीको लागि नलाग्ने र नेपालीले जहिले पनि नागरिकता पाउने भनेर संसदमा नै भने । यसरी भारतीय नेपालीहरू अहिले भारतप्रति आश्वस्त छन् । भारतको केन्द्रिय सरकारले नेपालीलाई जहिले पनि भारतीय हुन चाहे नागरिकता दिने प्रस्ताव राखिसकेको छ भने हामीहरू नेपाली बुहारीप्रति पनि शङ्का गरेका छौँ । जब कि बुहारीहरू तिब्वतबाट पनि आउँछन् ।

नेपाली काङ्ग्रेसको भारतसँगको सीमाना विवादमा सरकारको पक्षमा रहने कार्य र नागरिकताको सम्बन्धमा मधेसको भावनामा साथ रहने काङ्ग्रेसको कार्यले पनि कुनै सार्थकता पाएन । बीचमा रहेर सत्य बोल्नुको औचित्य कम हुँदैछ । देश सम्भवतः भारतविरोधी र भारतसमर्थक धारमा विभाजित हुँदैछ । क्रमशः नेपालको आन्तरिक राजनीतिमा पनि भारतको जस्तै चीनको पनि चासो बढेको छ । भारतले नेपाली संसदमा नै प्रष्टै आफ्ना भनाइहरू राख्न अर्थात् आफ्ना स्वार्थहरू राख्न सक्ने भएको छ । त्यसको प्रतिक्रियास्वरूप चीन पनि नेपालमा सक्रिय भएको छ । दुई वटा विपरीत ध्रुवमा काङ्ग्रेसले आफूलाई कतै पनि पाउने अवस्था छैन । दुवै विशाल देशहरू निष्पक्ष मित्रभन्दा आफ्ना सहयोगीहरू नै चाहन्छन् र उनीहरूको सीमा विवादसमेतले गर्दा त्यो उनीहरूको स्वार्थको लागि आवश्यक जस्तै देखिएको छ । चिनियाँसमर्थक सरकार भए भारत–चीन विवाद र युद्धको अवस्था आएमा चिनियाँ सेना विराटनगर, रक्सौल, नेपालगञ्जमा पुग्न सक्छन् र भारतसमर्थक सरकार भए सगरमाथाको टुप्पोमा समेत भारतीय सेना जान सक्दछन् । यो अवसरलाई उनीहरू किन चुकाउँछन् र ! अब पहाडमा पनि राम्रो राजनीतिक विस्तार हुन्छ ।

काङ्ग्रेसको राजनैतिक विचार विजयी भयो तर त्यो काङ्ग्रेसको मात्र विचार रहेन । ठुला दुई दलले पनि यसलाई आफ्नो बनाए । भारत र चीन जस्ता ठूला देशहरूले नेपालमा आफ्ना मित्रभन्दा सहयोगीबाट आफ्नो हित हुने देखे । नेपालीहरू पनि विदेशी चाहना र नीतिको आधारमा नै विभाजित भए भने ती दुवै राष्ट्रले आ–आफ्ना हितको लागि धेरै काम गर्न सक्दछन् । त्यसमा काङ्ग्रेसको कुनै स्थान नरहन पनि सक्दछ । बरु देशमा गृहयुद्ध जस्तो भने हुन सक्ला । चुनावताका चीनबाट ५० करोडको सहयोगको कुरा कृष्णबहादुर महराबाट खुलासा नै भएको हो । भारतले पनि त्यही प्रकारको सहयोग गरेकै हो । तर काङ्ग्रेस ती दुई पक्षमा देखिएन । रणनीतिक वाहेक ब्यवहारमा चीनले मधेसी समुदायलाई आफ्ना नजिकका नसम्झने र भारतले कम्युनिष्टहरूलाई आफ्ना नजिकमा नमान्ने तथा पहाडी समुदायमा कम्युनिष्ट बढि देखिनुले पनि अर्थ राख्दछ । यसले गर्दा अबको काङ्ग्रेसको हैसियत के हो भन्ने खोज्नुपर्ने अवस्थाको सिर्जना हुँदै जाने भएको छ ।