गोकर्णेश्वरमा महिलामाथि बलात्कार गरेको आरोपमा दुई व्यक्ति पक्राउ

गोकर्णेश्वरमा महिलामाथि बलात्कार गरेको आरोपमा दुई व्यक्ति पक्राउ


काठमाडौंको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

महिलाले आफू बलात्कृत भएको भन्दै उजुरी गरेपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर–४ बेंसीगाउँ बस्ने दोलखा गौरीशङ्कर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन विष्ट रहेका छन् ।

अभियुक्तले मादक पदार्थ सेवन गरी महिलालाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।