छिमेकीद्वारा धारिलो हतियार प्रहार गरी हत्या

छिमेकीद्वारा धारिलो हतियार प्रहार गरी हत्या


कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी अन्दाजी ५० वर्षीय कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

धारिलो हतियार प्रहार गरी कुँरको हत्या गर्ने कार्यमा संलग्न खड्का भने फरार रहेका जिप्रकाका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए । फरार रहेका खड्काको खोजीकार्य जारी छ ।

‘घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ, के कारणले हत्या भएको रहेछ भन्नेबारे अनुसन्धानको कार्य भइरहेको छ’, प्रनाउ क्षत्रीले बताए ।

राति १० बजेको समयमा हत्या भएको उक्त स्थानमा कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको बताइएको छ ।