वर्षाले बगायो बाँध, किसान चिन्तित

वर्षाले बगायो बाँध, किसान चिन्तित


एस. क्षेत्री, कपिलवस्तु, (विजयनगर)

कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको डगडई सिँचाई बाँध अविरल वर्षाले बगाउँदा चार सय किसान चिन्तित भएका छन् । गाउँपालिकाको वडा नं. ३ मा रहेको डगडई सिँचाई बाँधलाई अविरल वर्षाको भारी मात्रामा बगेको पानीले भत्काएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा उक्त बाँध सिँचाई आयोजना प्रदेश सरकारको १५ लाखको लगानीमा बनाइएको थियो । उक्त सिँचाई आयोजनाबाट ४ सय किसानहरु लाभान्वित हुँदै आएको डगडई सिचाँई बाँध आयोजनाका अध्यक्ष अब्दुल ओहाब मुसलमानले जानकारी दिए ।

बाँध भत्किदा भण्डारण गरिएको पानी अन्यन्त्र बगेर जाने भएकोले खेती कसरी गर्ने भन्ने कुराले चिन्ता जगाएको समाजसेवी देवेन्द्रमणि त्रिपाठीको भनाई छ । बाँध भत्किएपछि वर्षाको बेलामा भन्दा मंसिरमा गहुँ खेती, उखु खेतीका लागि बढी समस्या हुने स्थानीय अब्दुल मोविन मुसलमानको धारणा छ ।

यता गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापालाई बाँधको अवस्थाबारे जानकारी गराउँदा यसरी अविरल वर्षाका कारण ठूलो क्षति भएकोमा चिन्ता व्यक्त गदैउक्त बाँधको अनुगमन गरी मर्मत सम्भारका लागि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने जनाए ।