अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड-१९ सङ्क्रमणबाट मृत्यु

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड-१९ सङ्क्रमणबाट मृत्यु


अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रण मामिलाका विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अफगानी राष्ट्रपति कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार गजानफारको शुक्रबार (३ जुन) टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको सिन्ह्वाले जनाएको छ । उनलाई हालै कोरोना भाइरस सङ्क्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो ।

अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमणका कारण ८१९ व्यक्तिको मृत्यु भएकोे छ ।