क्यालिफोर्नियाको वालमार्टमा बन्दुक प्रहार गरी दुई जनाको हत्या

क्यालिफोर्नियाको वालमार्टमा बन्दुक प्रहार गरी दुई जनाको हत्या


संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियास्थित वालमार्टमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कारमा आएका एक व्यक्तिले वालमार्टमा अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीका अनुसार ती व्यक्तिको गोलीबाट वालमार्टका कामदार र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो ।

अर्धस्वचालित बन्दुकबाट जथाभावी गोली चलाएका उनलाई प्रहरीले तत्कालै प्रतिकार गरेको र उनी प्रहरीको गोलीबाट मारिएको टेहामा काउन्टीका प्रहरी अधिकृत फिल जोन्स्टनलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीको पहिचान खुलाएको छैन, तर प्रहरी अधिकृत जोन्स्टनले ती व्यक्ति रेड ब्लफ क्षेत्रकै बासिन्दा रहेको बताएका छन् ।