‘कोरोना कमजोर भाइरस हो, आत्तिनु पर्दैन’

‘कोरोना कमजोर भाइरस हो, आत्तिनु पर्दैन’


नेपालको आयुर्वेद क्षेत्रका बादशाहको रूपमा पनि चिन्न सकिन्छ बीपी तिमिल्सिनालाई, जसले आयुर्वेद क्षेत्रमा यति धेरै अनुसन्धान गर्नुभएको छ कि नेपालमा पाइने पाँच हजारभन्दा धेरै जडिबुटीहरूको पहिचान गर्न सक्नुहुन्छ उहाँ । उहाँ औषधिहरू आफै बनाउनुहुन्छ र उपचार पनि गर्नुहुन्छ । यो क्रममा धेरै प्रकारका रोगहरूको उपचार उहाँले गर्नुभएको छ । खासगरी एलोपेथिक पद्दतिबाट चिकित्सकहरूले हरेस खाएका, हार मानेका बिरामीहरूको समेत डा. तिमिल्सिनाले उपचार गर्नुभएको छ । पछिल्लो समयमा उहाँले कोरोना भाइरससँग लड्ने औषधिको समेत विकास गरेको दाबी गर्नुभएको छ । कोरोना भाइरसका बिरामीलाई उहाँले उपचार गरेर प्रमाणित गरिसक्नुभएको छ ।

बीपी तिमिल्सिनाको व्यक्तित्वको एउटा पाटो कुशल वैद्य एवम् अनुसन्धानकर्ताको रूपमा रहेको छ भने अर्कोतिर ग्रीन पार्टी नेपालको अध्यक्ष पनि हुनुहुन्छ उहाँ । आफ्नो पेशागत प्रकृतिसँग मिल्ने गरी उहाँले पार्टी गठन गरी आफ्नै ढङ्गले काम गरिरहनुभएको छ । आयुर्वेदिक जडिबुटीको पहिचान, संरक्षण, उत्पादन एवम् व्यापारबाट नेपाललाई समृद्ध तुल्याउन सकिने, लाखौँ युवालाई यस क्षेत्रबाट रोजगारीको सिर्जना गर्न सकिने उहाँको एउटा सोच र सपना रहेको छ । यस्ता एक होनहार युवा चिकित्सकसँग समसामयिक विषयमा केन्द्रित रही गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

० आजकाल ज्यादा समय केमा खर्च भइरहेको छ तपाईंकोे ?
– बनस्पतिसँग सम्बन्धित कार्यमै समय धेरै बितिरहेको छ । यसो संस्थागत व्यवसाय कसरी गर्ने भन्ने बारेमा विभिन्न समूहहरू निर्माण गर्ने, ती समूहलाई तालिम दिने काम गरिरहेको छु । चालिस–पैँतालिसवटा यस्ता समूह गठन भइसकेका पनि छन् । समूहका सदस्यहरूलाई जडिबुटी खेती कसरी गर्ने, कुन समय र स्थानमा के–कस्ता जडिबुटी उब्जाउन सकिन्छ, जडिबुटीको प्रशोधन कसरी गर्ने, कुन बिमारीमा कुन जडिबुटी कसरी प्रयोग गर्ने भन्ने जस्ता चेतनादायी कार्यका लागि ज्यादा समय खर्च गरिरहेको छु ।

० यस्ता समूह राजधानमा मात्रै छन् कि उपत्यकाबाहिर पनि हो ?
– मेचि–महाकालीभर नै फैलिएका छन् । एउटै जिल्लामा चार–पाँच वटा समूह पनि छन् । एउटा समूहमा २०–२५ देखि ४५–५० जनासम्म रहेका छन् । यस्ता समूह निर्माण गरी चेतना जगाउने कार्य निरन्तर जारी छ ।

० यसबाट जडिबुटीको क्षेत्रमा क्रान्ति गर्ने भन्ने तपाईंको सपना हो ?
– राज्यमा भएका यस्ता अमूल्य जडिबुटीको भरपूर सदुपयोग गर्न नसक्दा एकतिर यी त्यत्तिकै खेर जाने अर्कोतिर राज्य कमजोर भइरहने अनुभूति गरेँ मैले । हाम्रो देशमा अनेकौँ उपयोगी जडिबुटीहरू प्रशस्त रहेकाले यिनलाई व्यवस्थित र संस्कारित रूपमा आमनागरिकबीच लैजान सक्यौँ भने नेपाल र नेपाली यसबाटै मात्र पनि अगाडि बढ्न सक्छौँ ।

० तपाईंले औषधि र बनस्पतिलाई छुट्याउने या चिन्ने आधारचाहिँ के हो ?
– मूख्य त आयुर्वेदशास्त्र, वेदहरूले निर्दष्ट गरेका विधिबाट वनस्पति तथा जडिबुटी चिन्न र तिनका गुणहरू पर्गेल्ने कार्य गर्न सकिन्छ । औषधि, विष, उपविष आदि सबै कुरा तिनै शास्त्रमा उल्लेख गरिएका छन्, आफूले गहन रूपले अध्ययन र उजागर गर्न सक्नुपऱ्यो । यो विज्ञान भर्खरै उपलब्ध विज्ञान नभई हजारौँ वर्ष अघिदेखि परम्पागत रूपबाट अघि बढ्दै आएको हुँदा यो विज्ञानलाई जनसाधारणमा लैजान या हामीबीच कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सवाल यतिबेला अहम् बनेको छ । पूर्वीय दर्शनको एक महत्वपूर्ण जडको रूपमा रहेको आयुर्वेदको उपयोग घरको भान्साबाटै शुरु हुन्छ । जस्तो कि, सामान्य घाँटी दुख्दा जिरा भुटेर खाँदा हुन्छ भनेजस्तै पखाला लागे के खाने, टाउको दुख्दा के गर्ने, पैताला पोल्ने ब्यथामा कसो गर्ने, कोलेस्टोर बढ्दा के गर्ने भन्ने जस्ता सवालमा किचेनमै व्यवस्था गर्न सकिन्छ । यी सबै कुरा आयुर्वेद पढेर बुझिएको हो ।

० आयुर्वेदले निर्दिष्ट गरेको भन्दा अलग्गै पनि तपाईंले आफ्नै विधि पनि अवलम्बन गर्नुभएको छ नि, होइन ? जस्तो कि कोरोना भाइरसविरुद्ध शरीरमा प्रतिरोधात्मक क्षमता बढाउनका लागि तुलसी र गुर्जोको सम्मिश्रणबाट बनेको औषधि उपयोगी हुने कुरा आयुर्वेदसम्बन्धी चिकित्सकहरूले भने, तर तपाईंले चुनौती दिँदै यो सँगै सेवन गर्नु हुँदैन घातक हुन्छ भन्नुभयो, के आधारले यसो भन्नुभयो ?
– यसबारे आयुर्वेद विज्ञानले प्रष्ट पारेको छ, अलमलिनुपर्ने कुरै छैन । रस, गुण, बिर्य, विपाक र प्रभावमा भर पर्छ । हामीले खाएका कुराहरू रसमा गएर के हुन्छ, गुणमा के बन्छ, बिर्यमा पुगेर के हुन्छ, विपाकमा के हुन्छ र अन्त्यमा प्रभाव के पर्छ भनी पाँच प्रकारबाट हेर्नुपर्छ । गुर्जो र तुलसीमा भएको गुणको संयोगबाट हामीलाई विस्मृतिसम्बन्धी समस्या पैदा हुन्छ । लामो समयसम्म या दश–पन्ध्र दिन मात्रै सेवन गरे पनि यसले स्मरण शक्तिमा क्षय गर्छ, समस्या निम्त्याउँछ । यस्तो अत्यन्त हानीकाारक हुने गुर्जो र तुलसीको मिश्रणलाई उहाँहरूले किन सेवनका लागि सिफारिस गरे मैले बुझ्न सकेको छैन ।

० भारतका ख्यातिप्राप्त रामदेवजी, आचार्य बालकृष्णहरूले नै गुर्जो र तुलसीको मिश्रण गरी सेवन गर्न सुझाव दिएका छन्, उनीहरू चुकेकै हुन् त ?
– उहाँहरूले फ्याट्ट यस्तो कुरा किन ल्याउनुभयो म बुझ्दिनँ, तर यो उचित होइन । हरेक मानिसमा त्यको प्रभाव के हुन्छ भन्ने हेर्न सकिएन भने यो विज्ञान फेल हुन्छ, जबकि यो विज्ञान फेल हुने विज्ञान होइन । उहाँहरूले अन्य जडिबुटी पनि मिसाएर औषधि बनाउनुहुन्छ होला, तर यी दुईको मात्र मिसाओटचाहिँ हानीकारक नै हुन्छ ।

० कति समयको अन्तरालमा यी दुईको सेवन गर्न मिल्छ त ?
– कमसेकम आठ घण्टाको अन्तर हुनुपर्छ । जस्तै, दही र दुधको सेवन पनि पाँच घण्टाको फरकमा हुनुपर्छ । च्याउ र मासुको संयोग पनि एघार घण्टा, कटहर र दुध–दही पनि एघार घण्टाको अन्तरमा हुनुपर्छ ।

० कुन–कुन कुरा सँगै खान हुन्छ र कुन–कुनचाहिँ सँगै खाँदा हानीकाारक हुन्छ, प्रष्ट्यादिनुस् न ?
– भोजनलाई हामीले औषधिको रूपमा लिन सक्यौँ भने त्यो स्वस्थ जीवनको लागि महत्वपूर्ण कुरा हो । संसारको सबैभन्दा ठूलो र महत्वपूर्ण अस्पताल भनेको हाम्रो भान्साघर हो भनेर मैले बारबार भन्दै आएको छु । खानपान या आहारविहार समय या अवस्थाअनुकुल हुनुपर्छ । डायरिया भएको बेला दहीले औषधिकै काम गर्छ भने दुध हानीकारक हुन्छ त्यतिबेला । दुध स्वास्थ्यको लागि राम्रो कुरा हो तर त्यतिबेला हानीकारक भइदिन्छ । साग र बेसार दुबै राम्रा कुराहरू हुन् तर मिसाओट गर्दा राम्रो गर्दैन । बेसारमा कर्कोमिन भन्ने तत्व हुन्छ चने सागमा भिटामिन ‘के’ पाइन्छ । जब भिटामिन ‘के’ र कर्कोमिनको संयोग भएर पाक हुन्छ त्यसबाट एभिडिन भन्ने सामान्य खालको विष पैदा हुन्छ । त्यो विषले किड्नीको कार्यक्षमतालाई बिस्तारै–बिस्तारै घटाउँदै लैजान्छ । करेला र रायोको साग दुवै आ–आफ्ना ठाउँमा महत्वपूर्ण खाद्य पदार्थ हुन्, तर यी दुईको संयोगबाट जुन तेस्रो गुण पैदा हुन्छ, त्यसले हानी गर्छ । प्रेसर बढ्ने, रिङ्गटा लाग्ने हुन सक्छ । करेला र मेवाको एकसाथ सेवनले पनि हानी गर्छ । उपविष नै बन्छ यो पनि सँगै खाँदा, तर एक्लाएक्लै खाँदा अति असल चिजहरू हुन् । यो सँगै खाँदा लिवरलाई तत्कालै हानी पुग्छ ।

० त्यसोभए बिहान करेलाको जुस खाएर मोर्निङ वाक जाने अनि फर्केर मेवा खाने मानिसले आफूलाई स्वस्थ भएँ भनी ठान्न मिलेन ?
– आयुर्वेद विज्ञानले यसलाई सही मान्दैन । व्यक्तिअनुसार प्रभावमा केही तलमाथि पर्न सक्छ तर यसले हानी नै पुऱ्याउँछ ।

० कुन–कुन खानेकुरा सँगै खान हुँदैन, त्यसबारे भनिदिनुस् न ?
– त्यस्ता खानेकुरा त धेरै छन् । जस्तै, दुध खाएको बेला लसुन हानीकारक हुन्छ तर दहीसँग लसुन उपयोगी हुन जान्छ । मुला खाएको बेला पनि दुध अत्यन्त हानीकारक हुन्छ । आलुसँग मुला खानु पनि विस्मृतिको कारक हो ।

० स्वास्थ्यको लागि, स्मरण शक्ति बढाउनका लागि कुन–कुन खानेकुरा लाभदायक हुन्छन् त ?
– दूध र बेसारको संयोग एकदम राम्रो मानिन्छ । सुत्नेबेला खाँदा मेमोरी पावर बढाउन पनि यसले भूमिका खेल्छ । तर बेसारको मात्रा धेरै हुन हुँदैन, एक–दुई चिम्टी मात्र लिनुपर्छ । शरीर एकदम कमजोर हुँदा घ्यु र सक्खर मिलाएर खाँदा अत्यन्त लाभदायक हुन्छ । दुध र सक्खर फेरि राम्रो हुँदैन, हानीकारक हुन्छ । बालबालिकाहरूको लागि त घ्यु र सक्खर लाभदायक मात्र होइन कि अनिवार्य नै छ, नियमित खुवाउनुपर्छ । वर्षमा तीन महिना मात्र नियमित खुवाएमा त्यो बच्चा अत्यन्त स्वस्थ बन्न पुग्छ । दुध र अण्डा सँगै खानु पनि अत्यन्त हानीकारक हो । तत्काल हानी नगरे पनि दूरगामी रूपमा यसले दुष्प्रभाव छोड्नेछ । आँखाको पावर घटाउने, श्रवण शक्ति कम गर्ने र शरीरलाई जीर्ण तुल्याउँदै लैजाने काम गर्छ दुध र अण्डाको मिश्रणले । ढाड दुख्ने, पाइताला पोल्ने समस्या पनि यसले निम्त्याउँछ । दही र सक्खर पनि बच्चाको निम्ति अति उत्तम हुन्छ । सातु र सक्खर या खुदो मिसाएर अक्षय तृतीयाको दिन खानु अत्यन्त राम्रो हो । एकदिन मात्र त्यसरी खाँदा पनि वर्षभरि अम्लपित्त बढ्नुबाट जोगाउँछ ।

० नेपाली भान्सामा वर्जित गर्नुपर्ने र अनिवार्य हुनुपर्ने कुरा के–के हुन सक्छन् ?
– भान्सामा जिरा, मरिच, टिम्मुर, लसुनलगायत सयौँ मसलाहरू व्यवस्थित गरिएका हुन्छन् । यो आफैंमा राम्रो हो । तर सागमा बेसार, लसुन, जिरा जस्ता मसला प्रयोग गर्नु हुँदैन, तर लसुन खुर्सानी प्रयोग गर्नु उत्तम हो । भान्सामा विचार पुऱ्याउनुपर्ने सबभन्दा महत्वपूर्ण कुरा कस्ता भाँडाकुँडा प्रयोग गरिएका छन् भन्ने पनि हो । भाँडाकुँडा सिल्भर, आल्मुनियमका हुनु भएन । यस्ता भाँडामा खानेकुरा पकाउँदा मानिसलाई तनावमा पार्ने, विद्रोही प्रकृतिको बनाउने, रिसाउने, जसको पनि विरोध गर्न मन लाग्ने, आतङ्क मच्चाउने र हत्या–हिंसा जस्ता कुरामा संलग्न हुनसमेत नहिच्किचाउने हुन सक्छ । भान्सामा पानी राख्न तामाको भाँडो अति उत्तम हुन्छ । हजारौँ ब्याक्टेरिया मार्ने गुण तामाको भाँडोमा रहेको हुन्छ । पित्तल, माटो, काँस या ढलोटको भाँडो पनि भान्सामा प्रयोगका लागि राम्रो हुन्छ । माटोको भाँडोमा पकाएर खाँदा १६ किसिमका तत्वहरू त त्यत्तिकै पाइन्छन् । किटको कराइमा दैनिक रूपमा खानेकुराहरू पकाएर खाने हो भने त्यसबाट मिल्ने लाभ अनगिन्ती छन् । महिनावारी भएको बेला ब्याक्टेरियाहरू ज्यादा सक्रिय हुने हुँदा महिलाले भान्साबाट सकभर टाढै रहनुपर्छ ।

० आजकाल मानिसहरू कोकाकोला, चाउचाउ, बिस्कुट जस्ता खानेकुराको प्रयोग अत्यधिक गर्छन्, यसले पार्ने प्रभाव कस्तो हाोला ?
– सबैभन्दा ठूलो प्रभाव यसले हाम्रो आयु क्षीण गर्छ । क्यान्सरजस्ता रोग निम्तिनुको कारक बनेका छन् यी खानेकुरा ।

० अमिलो खाँदा दाँत कुँडिन्छ, त्यसको तत्काल गर्न सकिने उपचार केही होला ?
– बदाम चपाएर खाएमा त्यसले कुँडिएको दाँतलाई नर्मल बनाउन सघाउँछ ।

० अब प्रसङ्ग बदलौँ । यतिबेला कोरोना भाइरसको प्रकोपले विश्व आतङ्कित छ, तपाईंको विचारमा यो के हो ?
– यो असाध्यै कमजोर भाइरस हो । यसको पछिल्तिर कुँद्न हुने थिएन हामीले, तर दुर्भाग्यले हामी हाहाकार गर्दै कुँद्यौँ । यसको सम्बन्ध शरीरको इम्युनिटी पावर (प्रतिरोधात्मक शक्ति)सँग छ । जो अन्य रोगले कमजोर भएर मर्नै लागेका छन् त्यसलाई मात्रै मार्न सक्ने भएकोले यसलाई कमजोर भाइरस भनेको हुँ मैले । शरीरमा शक्ति भएको मानिसलाई त यसले छुँदै छुँदैन ।

० तैपनि माानिसलाई यसले अत्याएको छ, यसलाई तह लगाउने उपााय पनि तपाईंसँग होला नि ?
– हाम्रो गाउँघर जताततै पाइने बाटुलपाते भन्ने घाँसको जरा, डाँठ, जौ र मरिच मात्रै तामाको भाँडामा उमालेर खाँदा पनि तीनदेखि पाँच दिनमा यसका बिरामी पूरै ठिक हुन्छ । एक–दुई ग्लासका दरले दिनमा तीन पटक खाए हुन्छ । कोरोना भाइरसबाट पीडित भएका व्यक्तिमा प्रयोग गरेर हेरे हुन्छ, उनीहरू ठिक हुने छन् । कोरोना नभएका व्यक्तिले पनि यसको सेवन गरेर आफूलाई सुरक्षित राख्न सक्छ । प्रयोगसिद्ध कुरा गरिरहेको छु म । कोरोनाको लागि मात्र नभइ यो बाटुलपाते यस्तो जडिबुटी हो कि कुनै महिला रक्तश्रावबाट अत्यन्त पीडित भए भने यसको पातलाई दहीमा फिटेर खाएमा एक–दुईपटकमै सामान्य अवस्थामा ल्याइदिन्छ । यस्तै, यसको जरा र डाँठलाई तेलमा पकाएर पुरानो घाउमा लगाइदिएमा जस्तै घाउ पनि तीन–चार दिनमै निको पार्छ ।

० तपाईंले यो कुरा विश्व स्वास्थ्य सङ्गठन, नेपालकै स्वास्थ्य मन्त्रालय आदिलाई पनि जानकारी गराउनुभएको छ त ?
– डब्लुएचओबाट त नेपाल बाहिरिनुपर्छ भन्ने मेरो मान्यता छ । यसबारे अलग्गै कुरा गर्न सकिन्छ । जहाँसम्म नेपालको स्वास्थ्य मन्त्रालयको कुरा छ, कोरोना प्रकोप शुरु भयो भनिएपछि एक साताभित्रै मैले जानकारी गराएको थिएँ । नेपालको आफ्नो मौलिक जडिबुटीको प्रयोग गरी उपचारमा संलग्न हुन पाउनुपर्छ भन्ने माग मैले राखेँ । तर, यहाँको यस्तै छ नि रवैया, धेरै के भन्नु र ?

० तपाईं त मास्क पनि प्रयोग गर्नु पर्दैन भन्नुहुन्छ नि, किन ?
– हो । मैले त हाम्रो अस्पतालमा मास्क प्रतिबन्ध नै गरेँ भन्दा पनि हुन्छ । संसारभरकै कोरोना सङ्क्रमितहरूले डराउनु पर्दैन भन्छु म । विश्वलाई नै योगदान पुऱ्याउन सकिने अवसर थियो यो नेपालका लागि, तर राज्य अग्रसर भइदिएन । सायद समय आएको छैन होला, समय आएपछि हामीजस्ताको काम पनि आउला भन्ने ठानिरहेको छु ।

हेर्नुहोस् भिडियो-