कर्मचारीमा संक्रमण पुष्टि भएपछि सन्धिखर्क नगरपालिका कार्यालय बन्द

कर्मचारीमा संक्रमण पुष्टि भएपछि सन्धिखर्क नगरपालिका कार्यालय बन्द


अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज (२७ जेठ) देखि कार्यालय बन्द हुने भएको छ ।

नगरपालिकामा कायर्रत कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने र पिसिआर रिपोर्ट नआउँदासम्म सेवा सञ्चालन बन्द गरिने जानकारी गराइएको छ ।

बताइएअनुसार नगरपालिकामा पछिल्ला १० दिनसम्म नियमित कामकाजमा खटिएका सम्पूर्ण कर्मचारीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ ।

पिसिआर रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।