शाखा प्रबन्धकलाई संक्रमण पुष्टि भएपछि बैंक बन्द

शाखा प्रबन्धकलाई संक्रमण पुष्टि भएपछि बैंक बन्द


नारद कोहार, तौहिलवा

जिल्ला सदरमुकामस्थित राष्ट्रिय बाणिज्य बैंक तौलिहवा शाखा अनिश्चित कालका लागि बन्द गरिएको छ । शाखा प्रबन्धकको स्वाब परीक्षणको लागि पठाइएकोमा गत आइतबार आएको रिर्पोटमा उनलाई कोरोना पुष्टि भएपछि बैंक बन्द गरिएको हो ।

बैंक शाखा प्रबन्धकको स्वाब परीक्षणका लागि जेठ २० गते राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको थियो ।

बैंकको ५ नम्बर प्रादेशिक कार्यालय नेपालगञ्जले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैंकका सम्पूर्ण कारोबार बन्द गरिएको जनाएको छ । यसबाट ग्राहक वर्गमा पर्न जाने असरप्रति बैंकले क्षमा समेत मागेको छ ।

लामो सयमको लकडाउनपछि गत जेठ २० गतेदेखि साताको ६ दिन बैक सञ्चालन हुँदै आएको थियो ।