मानसिक सन्तुलन गुमाएकी महिलामा संक्रमणको पुष्टि

मानसिक सन्तुलन गुमाएकी महिलामा संक्रमणको पुष्टि


विकास रौनियार

धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसी आसपासमा बस्दै आइरहेकी ३२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्षअघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्दै आइरहेकी थिइन् । उनको ठेगाना खुल्न सकेको छैन ।

बिरामी भएपछि स्वाब संकलन गरि जेठ २१ गते भरतपुर कोरोना अस्पतालमा पठाइएकोमा सोमबार कोरोना संक्रमण पुष्टि भएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले जानकारी दिनुभयो ।

जिल्लामा यसअघि कोरोना संक्रमित नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का पुरुष, गल्छी गाउँपालिका वडा नं ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् । धुनीबेसी नगरपालिका वडा नं ३ की २३ वर्षीय महिला, सिद्धलेक गाउँपालिका वडा नं ५ की २३ वर्षीय महिला र नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।

योसँगै धादिङमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २२ पुगेको छ । नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का एक पुरुष, गल्छी गाउँपालिका ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् ।