छोरी नै राष्ट्रपति ट्रम्पको विरुद्धमा !

छोरी नै राष्ट्रपति ट्रम्पको विरुद्धमा !


राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी टिफनी ट्रम्पले अमेरिकामा जारी विरोध प्रदर्शनको समर्थन गरेकी छन् ।

गत साता एक गोरा प्रहरी अधिकारीको हातबाट भएको अश्वेत व्यक्ति जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर अमेरिकामा हिंसात्मक विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका कारण दर्जनौँ शहरमा कर्फ्यू लगाइएको छ र पनि मानिसहरू सडकमा उत्रिन छोडेका छैनन् ।

राष्ट्रपति ट्रम्पको कदमको व्यापक विरोध भइरहेको परिवेशमा ट्रम्पपुत्री टिफनीले इन्स्टग्राममा कालो तस्बिर पोस्ट गरेकी छन् । साथै, उनले #BlackoutTuesday र #justiceforgeorgefloyd ह्यासट्याग प्रयोग गर्दै लेखेकी छन्– ‘हामी एक्लैले कम हासिल गर्न सक्छौँ तर मिलेर धेरै कुरा प्राप्त गर्न सकिन्छ ।’

ट्रम्पकी यी कानुन व्यवसायी छोरीको सन्देश ठिक त्यसबेला सोसल मिडियामा आयो जब राजधानी वाशिङ्गटनमा ह्वाइट हाउसबाहिर प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रूग्यास छोडिरहेको थियो ।

ज्ञातव्य छ, डोनाल्ड ट्रम्पकी दोस्री श्रीमती मार्ला म्यापल्लस (टिफनीकी आमा)ले पनि प्रदर्शनकारीको समर्थन गर्दै कालो तस्बिर पोस्ट गरेकी छन् ।

picture courtesy: REUTERS