क्वारेन्टिनको व्यवस्थापन बुझ्न गएका वडाध्यक्षको क्वारेन्टिनमै मृत्यु

क्वारेन्टिनको व्यवस्थापन बुझ्न गएका वडाध्यक्षको क्वारेन्टिनमै मृत्यु


क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टिन पुगेका थिए ।

नगरप्रमुख कर्णबहादुर हमालका अनुसार नयाँ क्वारेन्टिन स्थापना गरिएकोले राति त्यसको व्यवस्थापनबारे जानकारी लिन क्वारेन्टिनमा पुगेका वडाध्यक्ष रानाको मृत्यु भएको छ हो । वडाध्यक्ष रानामा यसअघि कुनै पनि रोगको लक्षण नदेखिएकाले हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने मेयर हमालको भनाई छ ।

मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पुऱ्याइएको र अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।