नेपाल-भारत सीमाना विवादको नयाँ आयाम र सम्भावित परिणाम

■ दामोदर पौडेल



अहिले नेपाल भारतबीच माहाकाली नदीको मुहानका सम्बन्धमा विवादले चरम रुप लिएको छ । भारतले महाकाली नदीको मुहान बदल्यो, त्यो पश्चिमतर्फ हो भन्ने नेपाली दाबी छ । यो दाबी गरिरहँदा केही परिवेशका बारे ध्यान दिन आवश्यक छ ।

नेपालको सीमाना अहिले देखाइएजस्तो गरेर पश्चिमतर्फ औंला आकारको भाग यसभन्दा पहिलाको नक्सामा देखिएको थिएन । लगभग ४० वर्षदेखिका नक्सामा हाल नेपालको नक्सामा समेटिएको भूभाग नेपालको देखाइएको छैन । सायद ब्यवहारको आधारमा त्यो भूभाग भारतले आफ्नो दाबी गरिरहेको भन्ने देखिएको छ । पहिलाका सम्झौताहरूमा पनि त्यो भूमि नेपालको नै भन्ने देखिएको छैन भन्ने जानकारीमा आएको छ । तर नेपालको नदेखिनु भनेको भारतको हो भन्ने पनि देखिएको छैन । केवल अस्पष्टता मात्र हो । नेपालबाट जनगणनामा समेत अहिले भारतले दाबी गरेको जग्गाका वासिन्दाहरूको जनगणना गरिएको र सो जग्गा नेपालको भन्ने अरु प्रमाणहरू पनि देखिएको भन्ने तथ्यले देखाएका छन् ।

नेपालको भूमि त्यो हो कि होइन भन्नेमा केही विवादास्पद पक्ष देखिएका पनि छन् । पहिलो त नेपालले नक्सामा नै त्यो जग्गा यसभन्दा पहिला देखाइएको थिएन । दोश्रो भनेको सन् २०१५ मा नै भारतले बाटो बनाउँदा नेपालले कुनै प्रकारको विरोध गरेन । त्यस्तै, चीन र भारतले आपसमा सडक सम्झौता गर्दा नेपाललाई संलग्न गराउन आवश्यक नसम्झेर नै सडक सम्झौता गरे । हाल हामीले नेपालको जग्गा हो भनेर दाबी गरिएको जग्गाबाट नै चीनसँग सडक जोड्ने भारत र चीनको सम्झौता भएको हो । यसरी त्यो सडक बन्दा भारत, नेपाल र चीनबीच त्रिपक्षीय समझदारी हुनुपर्ने थियो । तर, हामीले दाबी गरेको जग्गा चीनले नै भारतको हो भनेर सडक बनाउने काम भएको छ । यसरी चीनले सो जग्गा भारतको हो भनेको देखियो भने नेपालले पनि आफ्नो नक्सामा छुटाएको थियो । भारतले सो ठाउँमा सडक बनाउँदा र सेना राख्दा पहिलादेखि नै प्रकारान्तरले हामीले स्वीकार गरेर बसेको सन्देश प्रवाहित हुन पुगेको अवस्था थियो ।

अर्कोतर्फ नेपाल र भारतबीच मोटामोटी रुपमा महाकाली नदीलाई सीमानदी भनिए पनि यो नदी नै सबै ठाउँमा सीमाना छैन । कन्चनपुरमा दोधारा र चाँदनी छेत्र महाकाली नदीपारी रहेर पनि नेपालका हुन् । यो सवाल भारतले उठाउन सक्दछ ।

सडक बन्दा भारत, नेपाल र चीनबीच त्रिपक्षीय समझदारी हुनुपर्ने थियो । तर, हामीले दाबी गरेको जग्गा चीनले नै भारतको हो भनेर सडक बनाउने काम भएको छ । यसरी चीनले सो जग्गा भारतको हो भनेको देखियो भने नेपालले पनि आफ्नो नक्सामा छुटाएको थियो ।

तर ब्यवहारिक रुपमा हामी सीमानामा भारतबाट धेरै र चीनबाट कम भने पनि पीडित नै छौँ । दक्षिणका धेरै ठाउँमा भरतले नेपालको सीमाना मिचेको छ । चीनतर्फ पनि मुस्ताङतर्फ नेपालको नक्सामा पहिला गोरुको ठुलो जुरो जस्तो लाग्दथ्यो अहिले त्यस्तो नक्सा छैन । सगरमाथा सम्बन्धमा पनि विपीको प्रयासबाट सगरमाथाको चुचुरो नेपालको कायम भएको भन्ने सुनिएको हो । तर अहिले सगरमाथामा चीनको दाबी रहेको सुन्न थालिएको छ ।

लिम्पियाधुरा सम्बन्धमा चीनको र भारतको मतैक्यता भएकोले हामीले सीमा विवाद समाधानको लागि एकै पटक चीन, भारत, नेपालबीचका साझा सीमानाको सम्बन्धमा छलफल र समाधानको लागि पहल गर्न आवश्यक देखिन्छ । अर्थात् चीन–भारत–नेपाल, नेपाल–चीन तथा नेपाल–भारतबीच अलग–अलग वार्ता र समाधान आवश्यक छ ।

विशेषज्ञहरू तथा अन्तर्राष्ट्रिय सीमानाका ज्ञाताहरूबाट सत्यतथ्य खुलाएर समाधानको उचित प्रयास गरिनु पर्दछ । कहिलेकाहीँ हामीले गरेका दाबीहरू अपरिपक्व भए भने हामीलाई घाटा हुन सक्दछ । अन्तर्राष्ट्रिय अदालतमा समेत जाने कुरा आइरहेकोमा तथ्य प्रस्तुत गर्न हामी कमजोर भयौँ र हामीले अपेक्षित परिणाम पाउन सकेनौँ भने त्यो आत्मघाती वा प्रत्युत्पादक नै हुनेछ ।

उक्त क्षेत्रमा भारतको स्वार्थ कैलाशमा तीर्थयात्री पठाउने र चीनको स्वार्थ पर्यटन प्रवर्धन गर्ने देखिएको छ । तर भारतको लागि त्यो मुख्य विषय हुँदैहोइन । उक्त क्षेत्र सामरिक रूपमा धेरै महत्वपूर्ण छ । चीन र भारतबीच युद्धको अवस्था आएमा त्यहाँबाट चीनलाई भारतमा हेर्न र भारतलाई चीनसँग सजग रहन अन्यन्त महत्वुर्ण स्थान हो । यो स्थान नेपालको लागि साह्रै महत्वपुर्ण छ । चीन र भारतबीच कुनै बेला युद्धको अवस्था आएमा कठिन हुनेछ । नेपालले त्यो भूमि कुनै देशलाई प्रयोग गर्न नदिए पनि चिसो हुने र प्रयोग गर्न दिए पनि अझै विवाद हुने अवस्था आउन सक्छ । अहिलेको सुरक्षित अवतरणमा यसमा पनि ध्यान जानु पर्दछ । अहिलेको दाबीमा नेपाल अत्यन्त परिपक्व हुन आवश्यक छ । हामी यो दाबामा अन्तर्राष्ट्रियकरणमा वा अदालतमा कमजोर देखिएमा भारतप्रति हामीे अनावश्यक दुराग्रह राख्दछौँ भन्ने दखिनेछ र त्यो भारतको लागि फाइदाजनक हुने छ । भारतले छिमेकीसँग विवाद गरेको भए पनि पश्चिमउत्तरमा पानीसमेतको भोगमा पाकिस्तानप्रति उदारता देखाएको छ भने बंगलादेशलाई केही जमिन नै दिएको छ ।

अहिले सीमा विवादले युद्ध, नाकाबन्दी समेतको अवस्था आउँदछ भन्ने पनि छ । युद्ध भएमा नेपालले हार्ने भने पक्का छ भन्ने जानिफकारहरू धेरै छन् । तर यसले भारतको क्षमता र साख कमजोर दखिने छ र नेपालीको भारतीय सेनामा उपस्थिति कम हुने छ पनि भनिँदैछ । अघोषित नाकाबन्दीको अवस्था पनि आउन सक्दछ । युद्ध भएमा वा नाकाबन्दी भएमा जे भए पनि त्यसको ठूलो असर नेपाललाई नै पर्ने हो र भारतलाई असर कम हुने छ । जथाभावी नागरिकता बाँडेकोले नेपालको राजनीतिक तहमा नै माथिल्लो तहमा भारतप्रेमीहरूको संख्या कम छैन । त्यसमा पनि भारतसँग नजिक भइरहन चाहनेहरू पनि कम छैनन् ।

चीन विश्वको सबैभन्दा बलियो आर्थिक शक्ति हुँदैछ । उसको ठुलो बजार भारत पनि हो । त्योभन्दा बढि भारतीय ब्यापारीहरूको विश्वभरको सञ्जाल चीनको लागि झनै महत्वपूर्ण हुने छ । चीन र भारत पूर्वीय सभ्यता र आध्यात्मिकताको सवालमा पनि नजिक देखिएका छन् । यस अवस्थामा चीनले नेपालको लागि भारतको असीम बजार र ब्यापारिक सम्बन्धलाई कमजोर बनाउँदैन भन्ने पनि हामीले बुझ्न जरुरी छ ।

भारतसँग सम्बन्ध चिसिएमा चीनले सहयोग गर्दछ भन्ने पनि होला, तर त्यो सहयोग त मरिचमान सिंह नेपालको प्रधानमन्त्री हुँदा बंगलादेशबाट जहाजको माध्यमबाट तेल ल्याएजस्तो हो । अर्थात् त्यो दीर्घकालिन नभई मात्र पेनकिलर जस्तो हुन सक्दछ । चीनले उ्रत्तर कोरियामा आफ्नो सम्पूर्ण विदेशी सहयोगको ६० प्रतिशतसम्म दिने गरेको थियो । उत्तर कोरियाको बजेटका ८० प्रतिसतसम्म चीनको सहयोगको भूमिका रहने गरेको भन्ने पनि आएको थियो । तर उत्तर कोरियामा गरिवी कहिल्यै हट्न सकेन । भुखमरी लागि नै रह्यो । स्वभाविक सहयोगको कुरा अलग हो तर असजिलो सहयोग महँगो र कम सार्थक हुने गर्दछ ।

अर्कोतर्फ चीन विश्वको सबैभन्दा बलियो आर्थिक शक्ति हुँदैछ । उसको ठुलो बजार भारत पनि हो । त्योभन्दा बढि भारतीय ब्यापारीहरूको विश्वभरको सञ्जाल चीनको लागि झनै महत्वपूर्ण हुने छ । चीन र भारत पूर्वीय सभ्यता र आध्यात्मिकताको सवालमा पनि नजिक देखिएका छन् । यस अवस्थामा चीनले नेपालको लागि भारतको असीम बजार र ब्यापारिक सम्बन्धलाई कमजोर बनाउँदैन भन्ने पनि हामीले बुझ्न जरुरी छ ।

पश्चिमा प्रभावबाट सजग भएको चीन, नेपाली पश्चिमी धर्मभिरु र अन्य कुरामा समेत विवादित भएका कम्युनिष्टहरूसँग सन्तुष्ट हुने छैन । चिनियाँ कम्युनिष्ट पार्टीका उपाध्यक्ष केही वर्षपहिला नेपाल आउँदा नेपाली कङ्ंग्रेसका नेताहरूलाई भेटेका थिए । त्यतिबेला प्रचारमा आएअनुसार उनीहरूले कांग्रेसको विदेश नीति र ब्यवहार अत्यन्त परिपक्व र स्थिर भएको बताएका थिए । उक्त भनाई भाइचारा सम्बन्ध भए पनि नेपाली कम्युनिष्टहरूसँग उनीहरू धेरै सन्तुष्ट नभएको प्रमाण हो । कल्पना गरेरै पनि नेपालमा हुने युद्ध र अस्थिरता पश्चिमी चलखेल समेत हो भन्ने चीनले राम्रोसँग बुझ्छ र भारतसँग टाढा भएमा त्यो चीनको लागि पनि अनुपयुक्त हुन्छ भन्नेमा चीन दोधारमा छैन ।

नेपालले राजाको समयबाटै भारतलाई धम्काउने–घुर्क्याउने गरेको भारतले बुझेको हो । साउथ ब्लक त्यसमा प्रष्ट छ । राजाले चीन देखाएर भारतलाई र कम्युनिष्टहरू देखाएर नेपाली काङ्ग्रेसलाई आफ्नो पक्षमा राख्न मनोवैज्ञानिक दबाब दिने गरेको धेरैलाई थाहा छ । त्यति मात्र होइन भारतलाई नेपाली कम्युनिष्टहरू भारतका विश्वासिला मित्र हुन नसक्ने र नेपाली कांग्रेस भारतको रणनीतिको हिस्सा बन्न नसक्ने भएकोले नै भारतको नजिकको तेश्रो शक्तिको आवश्यकता देखेर राजनीतिक चलखेल भइरहेको छ । भारतले नेपालमा नाकाबन्दी लगाउन लाग्दा तराइ र यसका नजिकका ६० प्रतिशत जनता भारतको अझै नजिक बन्ने छन् र ४० प्रतिशत जनता अहिले पनि आफ्नो नजिकमा छैनन् भन्ने पनि भारतलाई थाहा छ ।

केपी ओलीको विकल्प खोजिनु भारत र चीन दुवैको लागि अस्थिर वा असहज माहोलको कारक हुनेछ । किनभने, अहिले नेपालमा नेकपाको विकल्प छैन र नेकपाभित्र केपी ओलीको विकल्प सबै प्रकारले अझ विश्वसनीय छैन ।

भारतसँगको नाकाबन्दी र युद्ध राष्ट्रवादको कुरा हो तर यो अपरिपक्व हो । त्यसैले पनि नेपालका तर्फबाट बीचको या सुरक्षित अवतरणको बाटो खोजिनु पर्दछ । विवाद भएमा असंगठित रहेका नेपालीहरू भारतबाट नेपाल आउनुपर्ने, रोजगारी गुम्ने, नेपाली गोर्खाहरूको सेनामा जागिर गुम्ने भएमा नेपालले त्यसको ब्यवस्थापन गर्न कठिन हुने छ । रोजगारी, दैनिक आवश्यकताको परिपुर्ति र त्यहाँबाट लखेटिनेहरूलाई बसोबारको ब्यवस्था कठिन र दुरुह हुने छ । भारतमा जाट, सिख समेतका गोर्खाली जस्ता बहादुर सेना छन् । हामीले नै भारतलाई बचाएका छौँ भन्ने भ्रम नेपालीले पनि लिनु हुँदैन । बरु भारतको औपचारिकता हो भन्ने बुझ्नु पर्दछ । अहिलेको युद्धस्थल भन्दा बढि अन्य तरिकाबाट हुन्छ । भारतमा रहेका करिव डेढ करोड नेपालीहरूबाट पनि गोर्खा रेजिमेन्टको काम हुन सक्दछ र त्यस्तो हुँदै पनि छ ।

अहिले अचानक यो विवाद आएको पनि कुनै रहश्य हुन सक्दछ । बलियो दलका कमजोर बनाउन खोजिएका तर सवल नै भावना राख्ने प्रधानमन्त्री केपी ओलीलाई दलभित्रकै विरोधले गर्दा विपक्षीहरूले पनि यसलाई उठाएका छन् । तर यो देशको साझा समस्या हो । लोकतन्त्रका प्रखर पक्षधर प्रधानमन्त्री केपी ओलीको सफलताले नेपालको कम्युनिष्ट धारलाई लोकतन्त्र र बहुलवादको पक्षमा लग्न सहयोग पुग्नेतर्फ पनि सबैको ध्यान जान आवश्यक छ । भारतले पनि केपी ओलीको वैचारिक दृढता र पूर्वीय भावनाप्रतिको सकारात्मक भावनालाई राम्रोसँग बुझ्न आवश्यक छ ।

वास्तवमा केपी ओलीको विकल्प खोजिनु भारत र चीन दुवैको लागि अस्थिर वा असहज माहोलको कारक हुनेछ । किनभने, अहिले नेपालमा नेकपाको विकल्प छैन र नेकपाभित्र केपी ओलीको विकल्प सबै प्रकारले अझ विश्वसनीय छैन । यो परिस्थितिलाई नेपालमा केही पश्चिमा समर्थकहरू, केही हिन्दु राजावादीहरू, केही विरोधी नेकपाका नेताहरूले पनि सोच्नै पर्दछ कि विवादको चरम अवस्था नेपालीको पीडा नहोस् । नेकाले प्रतिपक्षको राजनीति गर्नु स्वभाविक हो तर उचित समयमा देशलाई सुरक्षित अवतरणको लागि काङ्ग्रेसको भूमिका भने अविश्वसनीय रुपमा सकारात्मक हुने गरेको छ र हुने नै छ । तर बढि भावनात्मक कुरा गरेर नेपालको अवस्था सिक्किम जस्तो नहोस् ।

प्रतिक्रिया