८ मंसिर २०७७, सोमबार

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार ०३:१०


पेट्रोलियम पदार्थको वितरणलाई सहज बनाउन सरकारले अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार (२ जेठ) आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारण गृहको निर्माण प्रारम्भ गरिने नीति कार्यक्रममा उल्लेख छ । यस्तै झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण कार्य अगाडि बढाइने सरकारको कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय

सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी

स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ३००

मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट पुरस्कृत भएको छ । बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा