सत्तारुढ नेकपाले बोलायो स्थायी कमिटी बैठक

सत्तारुढ नेकपाले बोलायो स्थायी कमिटी बैठक


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ । भोलि बुधबार (३१ वैशाख) बिहान ११ बजेको समय तोकेर पार्टी मुख्यालय धुम्रबाराहीमा बैठक बोलाएको उक्त पार्टीका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।

पार्टी एकतापछि नेकपाको यो तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता नेकपाको स्थायी कमिटी बैठक बसेको थियो ।

यस्तै, यही वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो । दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न लागेको र बैठकमा सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल हुने बताइएको छ ।