प्रतिबन्धित नेकपाका चितवन सेक्रेटरी सुवेदी पक्राउ

प्रतिबन्धित नेकपाका चितवन सेक्रेटरी सुवेदी पक्राउ


विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका केन्द्रिय नेता तथा साहित्यकार अनिल शर्मा बिरही पक्राउ गरेको १२ घण्टा नबित्दै चितवन प्रहरीले सो पार्टीका अर्का नेतालाई चितवनबाटै गिरफ्तार गरेको छ ।

नेकपा चितवनका सेक्रेटरी विजय शर्मा नामले परिचित दुर्गा सुवेदीलाई मंगलबार (२३ वैशाख) साँझ पक्राउ गरेको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

बताइएअनुसार खाना खान घर पुगेका सुवेदीलाई सादा पोशाकका प्रहरीले पिछा गर्दै आएको र उनीहरुले नै समातेर लगेका हुन् । चितवन प्रहरीले सुवेदीलाई पक्राउ गरेको पुष्टि गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।