प्रतिबन्धित नेकपाका नेता विरही प्रहरी नियन्त्रणमा

प्रतिबन्धित नेकपाका नेता विरही प्रहरी नियन्त्रणमा


विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका पोलिटव्यूरो सदस्य एवम् सञ्चाकर्मी/लेखक अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मंगलबार (२३ वैशाख) दिउँसो पुरानो मेडिकल कलेजमा उपचारका क्रममा रहेका विरहीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार विरहीले रमेश रिजालको नामबाट टिकट काटेर स्वास्थ्य परीक्षण गराइरहेका थिए । उनलाई सोही मेडिकल कलेजमा निगरानीमा राखेर उपचार गराइएको प्रहरीको भनाई छ ।

भर्‍याङबाट लडेपछि बिरहीलाई परिवारले उपचारका लागि अस्पताल पुर्‍याएका बताइन्छ । उनी चितवन रत्ननगर नगरपालिका–५ निवासी हुन् ।

विरही अस्पतालमा उपचाररत रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । विरहीले प्रतिबन्धित नेकपाको प्रकाशन विभाग प्रमुख हेर्दै एका छन् भने उनी तत्कालीन एकीकृत नेकपा माओवादी चितवनको इन्चार्ज समेत रहेका थिए ।