विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य पक्राउ

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य पक्राउ


प्रहरीले नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गर्दै आएका प्रतिबन्धित नेकपाका केन्द्रीय सदस्य बालाराम सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले सुनारलाई बिहीबार सुनारको घरबाटै पक्राउ गरेको हो ।

लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । बताइएअनुसार सुनारमाथि दुई महिनाअघि पश्चिम सुर्खेतमा प्रहरीसँग आक्रमण तथा जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन् ।

सुनार सो प्रतिबन्धित नेकपाका पूर्व जिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ ।