चौधरी ग्रुपको चौधरी फाउण्डेसनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोरोना भाइरसको परीक्षणमा उपयोग हुने एक हजार थान ‘पिसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ ।
फाउण्डेसनका महाप्रबन्धक मधूसुदन पौडेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा बुधबार (२६ चैत) उक्त सामान हस्तान्तरण गरेका हुन् । सो अवसरमा मन्त्री ढकालले विषम परिस्थितिमा सरकारलाई सहयोग गरेकामा फाउण्डेसनलाई धन्यवाद दिँदै यसले चिकित्साकर्मीको मनोबल उच्च बनाउन सहयोग पुग्ने धारणा राखे ।
फाउन्डेसनका महाप्रबन्धक पौडेलले सामाजिक हितका निम्ति जहिल्यै सरकारसँग मिलेर काम गर्न तयार रहेको बताउँदै फाउण्डेसनले ‘पीसीआर रिएजेन्ट’ चीनबाट आयात गरेको जानकारी दिएका थिए ।
यसअघि पनि फाउण्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पिपिई र अन्य स्वास्थ्य सामग्री सहयोग गरेको बताइएको छ ।
प्रतिक्रिया