सडकमा ठूलो स्वरले गफ गर्दा रसियामा पाँच जनामाथि गोली प्रहार

सडकमा ठूलो स्वरले गफ गर्दा रसियामा पाँच जनामाथि गोली प्रहार


रसियाको ऱ्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड–स्वरले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।

एएफपीका अनुसार कोरोनाभाइरसका कारण स्थानीयवासीलाई आ–आफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् । यो घटना शनिबार (४ अप्रिल) राति १० बजे भएको थियो ।

राजधानी मस्कोबाट दक्षिणपूर्व करिव २०० किलोमिटर टाढाको ऱ्याजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घटना भएको समाचारमा जनाइएको छ ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफलसहित गिरफ्तार गरेको छ ।