विजयनगरमा भीषण आगलागी, ४० घरगोठ नष्ट

विजयनगरमा भीषण आगलागी, ४० घरगोठ नष्ट


कपिलवस्तुको विजयनगरमा भीषण आगलागी हुँदा ४० घर–गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा शुक्रबार अपराह्न ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

आगो कसरी लाग्यो भन्ने अझै खुल्न नसकेको प्रहरी निरीक्षक नेपालले बताए ।