प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल र पेट्रोलको मूल्य

प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल र पेट्रोलको मूल्य


नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो ।

घटेको मूल्य बुधबार (१९ चैत) राति १२ः०० बजेदेखि लागू हुने निगमले जनाएको छ ।

यस्तै, निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु ९६ तोकेको छ । हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु १५ ले मूल्य समायोजन गरिएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु ७५ तोकिएको छ ।

बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको र एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।