३ माघ २०७७, शनिबार

कोरोनाको त्रासबीच लागुऔषध कारोबार

  प्रकाशित मिति
१७ चैत्र २०७६, सोमबार ०४:५४


जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् । त्यस्तै, मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार (१६ चैत) साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

शंकाष्पद तवरले झोला बोकेकी महतारालाई प्रहरीले जाँच गर्दा झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम १०० मिलीग्राम ब्राउनसुगर जस्तो कालो धुलो भेटिएको उल्लेख गर्दै प्रहरी निरीक्षक रायमाझीले भने, ‘साथै नगद एक लाख १२ हजार ९४५ र कालो रङको एक थान डिजिटल तराजु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।’

प्रहरीको नियन्त्रणमा परेकी महिलालाई तत्काल सोधपुछ गर्दा विकास मानन्धरको नाम खोलेको र मानन्धरलाई जाँच गर्दा उनको साथबाट पनि १२० मिलीग्राम ब्राउनसुगरजस्तो कालो धुलो बरामद गरिएको प्रहरीको भनाई छ । महतारा, मानन्धर र तिनका साथी सुनिल थारूसहितलाई पक्राउ गरी तीनै जनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामभरत साह, जनकपुर महोत्तरी जिल्लाको मठीहानी नगरपालिकास्थित लक्ष्मीनारायण मठका महन्त जग्गरनाथ दास बैष्णवले मठको नाउँमा रहेको जनकपुरधाम उपमहानगरपालिका–८ बजरंग चोकस्थित

मायादेवी च्यारिटेबल फाउण्डेशनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । जाडोबाट बच्न केही भए

बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ

हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ ।