श्रीमतीसँग रिसाएर ६ महिने छोरीको हत्या

श्रीमतीसँग रिसाएर ६ महिने छोरीको हत्या


आफ्नी ६ महिनाको छोरी हत्या गरेको आरोपमा हुम्लामा एक बाबु पक्राउ परेका छन् । आफ्नी छोरीको हत्या गरेको उजुरी दिनेश चौलागाईंकी श्रीमतीले दिएपछि चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रीमान्–श्रीमतीबीच यही चैत ११ गते सामान्य विवाद भएपछि श्रीमतीसँगको रिसको झोकमा दिनेशले ६ महिनाको छोरीको हत्या गरेका थिए । बिहीबार (१३ चैत) राति चौलागाईंलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पुऱ्याएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमकोटमा पुऱ्याइएको प्रहरीको भनाई छ ।