तीन एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

तीन एआइजीलाई दर्ज्यानी चिह्न प्रदान


प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति हुनुभएका वरिष्ठ प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

आइजीपी ज्ञवालीले तारिणीप्रसाद लम्साल, शैलेश थापाक्षेत्री र हरिबहादुर पाललाई बुधबार (१२ चैत) एक समारोहबीच दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । नेपाल सरकार (मन्त्रीपरिषद्) को २०७६ चैत ९ गतेको निर्णयअनुसार उहाँहरु प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुको मेहनत, लगनशीलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति भएको प्रसङ्ग जोड्दै सङ्गठनलाई थप चलायमान बनाउनेतर्फ लाग्न निर्देशन दिनुभयो ।