नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको बैठक सम्पन्न

नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको बैठक सम्पन्न


नेपाल ओलम्पिक कमिटीको पोखरामा बसेको कार्यसमिति वैठकले पदको वाँडफाँड गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा वसेको कार्यसमितिको बैठकले उक्त बाँडफाँड गरेको हो । दुई दिनसम्म चलेको उक्त वैठकले १५ शिर्षकमा निर्णय गर्दै १० समिति पनि गठन गरेको छ ।

नवगठित समितिमा एनओसीकी उपाध्यक्ष ज्योती राणाले महिला स्पोर्टसको जिम्मेवारी पाएकी छिन् । त्यस्तै,सहसचिव रामजी श्रेष्ठले कल्चर, विष्णुगोपाल श्रेष्ठले स्पोर्टस फर अल, मेडिकलमा डा. सरोजकृष्ण श्रेष्ठ, स्पोर्टस साइकोलोजीमा इन्द्र गुरुङ, पीस स्पोर्टसमा रमेश महर्जन, स्पोर्टस एन्ड इन्भारोमेन्टमा गोवद्र्धन श्रेष्ठ, इन्फर्मेसन स्टाटिक्समा मोहन नेपाललाई संयोजक तोकिएको छ ।

त्यस्तै उक्त बैठकले ओलम्पिक कमिटीका पूर्व अध्यक्षद्वय रुक्मशम्सेर राणा र ध्रुवबहादुर प्रधानलाई मानार्थ अध्यक्षमा मनोनित गरेको छ । साथै वैठकले पूर्वमन्त्रीद्वय पुरुषोत्तम पौडेल, शरदसिंह भण्डारी र बरिष्ठ अधिवक्ता लोकभक्त राणालाई सल्लाहकारका मनोनयन गरेको छ । मन्त्रीद्वयलाई सल्लाहकार र राणालाई कानुनी सल्लाहकारमा मनोनयन गरिएको हो ।

वैठकले विभिन्न कार्य क्षेत्रलाई संयोजन गर्न भन्दै पाँचवटा समिति समेत गठन गरेको छ । जस्मा राष्ट्रिय च्याम्पियनसिप संयोजकको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिम्सिनाले पाएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता संयोजकको जिम्मेवारी एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले पाएका छन् । यसैगरि कार्यक्रम संयोजकको जिम्मेवारी अशोकरत्न बज्राचार्यले पाएका छन् । त्यस्तै गैरआवासिय नेपाली संघको संजोजकमा तेजवहादुर गुरुङ र राष्ट्रिय संघ संयोजकमा चतुरानन्द बैद्यको चयन भएको छ । बैद्यलाई दैनिक कार्यलाई व्यवस्थित गर्न कार्यकारि निर्देशकको पनि जिम्मेवारी दिइएको छ ।

त्यस्तै उक्त वैठकले नेपाल बास्केटबल संघका अध्यक्ष तथा ओलम्पिक कमिटीका पूर्व महासचिव लामा टेन्डी शेर्पालाई उपचार खर्च बाफत १० दिने निर्णय गरेको छ ।