प्रधानमन्त्रीको स्वास्थ्यबारे आएको खबर झुटो हो : थापा

प्रधानमन्त्रीको स्वास्थ्यबारे आएको खबर झुटो हो : थापा


दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमै स्वास्थ्योपचारमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

बुधबार विभिन्न अनलाइन मिडियाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएकोले सिंगापुर लैजान लागेकोजस्ता समाचार प्रसारित गरेकोेले थापाले त्यसको खण्डन गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको स्पष्ट पारेका छन् ।

थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकोमा अफवाहपूर्ण समाचार फैलाएको भन्दै झुट र भ्रमको खेती नगर्नसमेत आग्रह गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएको र सिंगापुर लैजाने तयारी भएको भनेर प्रकाशित समाचार शतप्रतिशत झुटो रहेको बताएका छन् ।

‘उहाँले हिँडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैँले दारी काट्नुभएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।