हिमपहिरो परी पाकिस्तानमा पाँचको मृत्यु

हिमपहिरो परी पाकिस्तानमा पाँचको मृत्यु


पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मंगलबार राति गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ ।

यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् । घाइतेलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । तीमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ ।

यस हिमपहिरोमा परी कैयौँ सवारीसाधन प्रभावित भएको र दुई दर्जनभन्दा बढी परी सवारीसाधन अझै बेपत्ता रहेको जनाइएको छ । यस हिमपहिरोमा फसेका व्यक्तिको उद्धारकार्य जारी रहेको समाचारमा उल्लेख छ ।
रासस–सिन्ह्वा