बाँस्कोटाको घरमा विस्फोट गराएको आरोपमा एकजना पक्राउ

बाँस्कोटाको घरमा विस्फोट गराएको आरोपमा एकजना पक्राउ


पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बुधबार बिहान बम विस्फोट गराएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सुकुम्बासी बस्तीका देव गुरुङ रहेका छन् ।

गुरुङ प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द समूह)का विप्लव नेतृत्वको नेकपाका भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । गुरुङलाई पक्राउ गरिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।