विस्फोटपछि गोकुल बाँस्कोटामाथि प्रतिबन्धित नेकपाका १० आरोप

विस्फोटपछि गोकुल बाँस्कोटामाथि प्रतिबन्धित नेकपाका १० आरोप


प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव समूह)ले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि विभिन्न आरोप लगाएको छ ।

बुधबार बिहान भक्तपुरस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा कुकर बम विस्फोटपछि उक्त समूहको नाममा भेटिएको पर्चामा पूर्वमन्त्री बाँस्कोटा विभिन्न भ्रष्टाचारमा संलग्न रहेको उल्लेख छ ।

पर्चामा बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको, २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेको, फोर जी सेवा विस्तारमा पनि करोडौँ रकम दुरुपयोग गरेको, १० अर्बको अप्टिकल फाइबर विस्तारमा पनि करोडौं घुस खाएकोलगायत १० भ्रष्टाचारसम्बन्धी १० आरोप लगाएको छ ।