गणेशमान रोड रेसमा सन्तोषी र गोपी उत्कृष्ट

गणेशमान रोड रेसमा सन्तोषी र गोपी उत्कृष्ट


वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ गोपीचन्द्र पार्की बिजयी भएका छन । रुड्स फेसनले आयोजना गरेको दौडमा १३आँै सागका स्वर्ण पदकधारी गोयल डिजरबाट प्रतिनिधित्व गरेकी सन्तोषीले ३९ मिनेट १०.९८ सेकेन्ड र पुरुषतर्फ नेपाल एपीएफ क्लवका गोपीचन्द्र पार्कीले ३२ मिनेट ०१.२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम स्थान हासिल गरेका थिए ।

१३औँ सागका स्वर्णधारी पार्कीले २ सय ५६ धावकलाई पछि पार्दा सोही क्लवका खिम खत्री दोश्रो भए । खत्रीले ३४ मिनेट ३५.० सेकेन्ड र तेश्रो स्थान कर्णाली स्पोर्टस क्लवका नरेश बुढाले ३४ मिनेट ३६.१ सेकेन्डमा दुरी तय गरेका थिए । त्यस्तै महिलातर्फ दोश्रो र तेश्रो स्थान एपीएफका धाविकाद्वय बिन्द्रा श्रेष्ठ र फुलमती रानाले प्राप्त गरे । विन्द्राले ४० मिनेट ११.२९ सेकेन्ड र फुलमतीले ४० मिनेट ५८.११ सेकेन्डमा दुरी पार गरेका थिए ।

दरबारमार्गबाट शुरु भएको उक्त दौड प्रतियोगितामा अमेरिका, बेल्जियम, जर्मनी, कोरिया, बिभागिय टिम र बिभिन्न संघ संस्थाका करीव ४५ महिला र २ सय ५७ पुरुषसहित ३ सय २ धावकहरुले सहभागिता जनाएका थिए ।

विजेता पुरुष तथा महिला खेलाडीले ६०–६० हजार नगद र पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै दोश्रो हुनेले ३० हजार, तेश्राले १५ हजार सहित पाँचौ सम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै छैठौँदेखि १०औँ स्थान हासिल गर्ने खेलाडीलाई खेल सामाग्री र सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेता खेलाडीलाई प्रतियोगिताका प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका नेता एवम सांसद प्रकाशमान सिंह, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सुनिल श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ र रुड्स फेसन प्रालिका प्रवन्ध निर्देशक सन्जीव तुलाधर लगायतकाले पुरस्कार प्रदान गरेका थिए ।