चीनमा पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ७० जना पुरिए

चीनमा पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ७० जना पुरिए


चीनमा कोरोना भाइरसका संक्रमितलाई राख्नका लागि बनाइएको क्वारेन्टाइन भवन भत्किँदा ७० मानिस पुरिएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चीनको चिनझोउ सहरमा शनिबार सो क्वारेन्टाइन भवन भत्किँदा उनीहरू पुरिएका हुन् । भवन भत्किँदा ७० व्यक्ति भग्नावशेषमा पुरिए पनि उद्धारकर्मीले तीमध्ये ४७ जनालाई उद्धार गरेका थिए । पुरिएका केही मानिसको मृत्यु भएको आशंका गरिए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सो भवन शनिबार बेलुका साढे ७ भत्किएको हो । उक्त घटनामा ८० कोठा भत्किएका छन् । सुविधासम्पन्न पाँचतले सो भवन भत्किनुको कारण भने खुल्न सकेको छैन ।