पीआरसी खुला स्क्वास शुक्रबारदेखि

पीआरसी खुला स्क्वास शुक्रबारदेखि


नेपाल स्क्वास ऱ्याकेट्स संघको आयोजनामा पीआरसी खुला स्क्वास प्रतियोगिता फागुन २३ गते शुक्रबारदेखि हुने भएको छ ।

पशुपति रोड क्यारियर (पीआरसी) को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव सुरेश गुरुङले जानकारी गराए । पुरुष, महिला सिंगल्स तथा मास्टर्स ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा ६० खेलाडीको सहभागिता रहने छ । बेलायतको ब्रिटिस गोर्खा आर्मीबाट पनि १० खेलाडी प्रतियोगिताका लागि नेपाल आउने बताइएको छ । पाँचदिने प्रतियोगिताका खेलहरु सातदोबाटोमा हुने छ ।