मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न


पर्यटन वर्ष २०२० को नारालाई लक्षित गरी आयोजित प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता–२०७६ सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराते संघको आयोजनामा यही फागुन १६ र १७ गते ललितपुरको मंगलबजारमा आयोजित प्रतियोगिताको उद्घाटन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरेका थिए ।

२०५४ सालमा बालकुमारी डोजोको रूपमा स्थापित भई क्रियाशील भएको सो संघले जापानको क्योकुशिन युनियनबाट सम्बन्धन प्राप्त गरेको छ । संघका अध्यक्ष सुरेन्द्र डंगोलका अनुसार हाल क्योकुशिन युनियन जापानका प्रमुख चिचिनोय यासु हिरो रहेका छन् ।

गत शुक्रबार उद्घाटन भई शनिबार सम्पन्न प्रतियोगितामा पुरुष ३० केजी तौल समूहबाट सचिन पुन प्रथम, सागर थिङ द्वित्तिय र रमित महर्जन तृतीय भए भने ३५ केजी समूहमा विश्वास मल्ल ठकुरी, साहिल पुन र विक्रम चौधरी क्रमशः पहिला, दोस्रा र तेस्रा भए ।

यस्तै, ४५ केजी समूहमा पहिलो– निरज लामा, दोस्रो– अनमोल माझी र तेस्रो– अनमोल मल्ल, ५० केजी समूहमा सञ्जय राई पहिलो, प्रवीन राना दोस्रो र सञ्जय गुप्ता तेस्रो भए भने ६० केजी समूहमा थमप्रसाद खड्का पहिलो, पुष्कर राउत दोस्रो र अजय चौधरी तेस्रो भएका थिए ।

यसैगरी पुरुष खुल्लातर्फ सनि सुनार पहिलो, विनय सिङ दोस्रो र रविन राना तेस्रो भए भने महिलातर्फ ५० केजी तौल समूहमा संगीता तामा पहिलो, अनिता एसके दोस्रो र शान्ति थापा मगर तेस्रो भइन् । यस्तै, ५५ केजी समूहमा दीपा शाही पहिलो, रञ्जिता गुरुङ दोस्रो र अमृताकुमारी सेन ठकुरी तेस्रो भइन् भने महिला खुल्लातर्फ अम्बिका भुजेलले पहिलो, अनुपा नेपालीले दोस्रो र जुनकिरी श्रेष्ठले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

प्रतियोगितामा रामजी प्रसाद बज्राचार्यले मूख्य जुरी (निर्णायक)को भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिता समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई पुरस्कार र मेडलसहित सम्मान गरिएको अध्यक्ष डंगोलले जानकारी दिए ।