आईटीएफ तेक्वान्दोमा काभ्रे टिम च्याम्पियन

आईटीएफ तेक्वान्दोमा काभ्रे टिम च्याम्पियन


आयोजक काभ्रे जिल्ला ११औं जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन बनेको छ । काभ्रेको नालामा सम्पन्न च्याम्पियनसिपमा काभ्रेले ९ स्वर्णसहित टिम च्याम्पियन बनेको हो ।

च्याम्पियनसिपका २८ स्वर्णमध्ये नौ स्वर्ण नै जितेको प्रदेश नम्बर ५ दोस्रो भयो । ३ स्वर्ण जितेको बागमती प्रदेश तेस्रो भयो । च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशले अनुशासित टोलीको पुरस्कार पायो ।

दुई दिने च्याम्पियनसिपमा आयोजक काभ्रेका युनिस गौतम र बागमती प्रदेशकी रश्मी पुलामी उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई बनेपा नगरपालिकाकी प्रमुख लक्ष्मीनरसिंह बादे, अन्तर्रा्ष्टिबागमती प्रदेशकी रश्मी पुलामी उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई बनेपा नगरपालिकाकी प्रमुख लक्ष्मीनरसिंह बादे, नेपाल अन्तर्रा्ष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमला र प्रतियोगिता आयोजक समितिका संयोजक राजमन्दिर श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा सात प्रदेश र आयोजक गरी आठ टोलीका दुई सय खेलाडीले २८ स्वर्ण, २८ रजत र ५४ कांस्यका लागि प्रतिस्पर्धा गरेका थिए ।