एलजीको रेड फेयरमा ५० प्रतिशतसम्म छुट

एलजीको रेड फेयरमा ५० प्रतिशतसम्म छुट


सुपरिचित कम्पनी एलजीले यही फागुन ११ गतेदेखि ‘एलजी रेड फेयर’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत एलजीका सामानहरूको खरिदमा ग्राहकले ५० प्रतिशतसम्म छुट पाउन सक्ने बताइएको छ ।

‘इनोभेसन फर बेटर लाइफ’को लक्ष्यसहित एलजीले सधैं ग्राहकको लागि इनोभेटिभ घरायसी सामाग्रीहरू उपलब्ध गराउँदै आएको छ । यी सामग्रीले आकर्षक जीवनशैली झल्काउने कम्पनीको दाबी छ । एलजीले टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, साउण्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, एसी र डिस्वासर जस्ता अत्यावश्क सामाग्री ग्राहक वर्गको लागि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

हाल जारी रेड फेयरअन्तर्गत ‘लक्की ड्र’मार्फत बम्पर उपहारमा एक जोडीलाई ताज मेघौली सेराई घुम्ने अवसर हासिल हुनेछ भने हरेक हप्ता ‘लक्की ड्र’मार्फत एलजीको अडियो सिस्टम पनि जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।

लक्की ड्र मा भाग लिनको लागि ीLG [Space] Name [comma] model no. [comma] serial no. [comma] address टाइप गरी 34343 मा SMS पठाउन एलजीले आग्रह गरेको छ ।

कम्पनीका अनुसार यो योजना एलजीका सबै व्यपारिक केन्द्रबाट पाउन सकिनेछ र योजना सीमित अवधिको लागि नेपाल अधिराज्यभरि लागु हुनेछ ।