शिवमायालाई कानुन मन्त्रालयको जिम्मेवारी दिइँदै

शिवमायालाई कानुन मन्त्रालयको जिम्मेवारी दिइँदै


सत्तारुढ नेकपाले पदबाट राजीनामा दिन दबाब दिँदा उपसभामुखको ओहदा छोडेर मन्त्री बन्ने चाहना नभएको अभिव्यक्ति दिएर विशेष चर्चामा आएकी पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई केपी सरकारमा भित्र्याउने तयारी भएको छ ।

जुझारु स्वभावकी राजनीतिकर्मी डा. तुम्बाहाम्फेलाई आजै कानुनमन्त्रीको रूपमा शपथ दिलाइने तयारी भएको बालुवाटार सुत्रको भनाई छ ।

कानुमन्त्रीसमेत रहेका तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी हाल स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।