राजधानीमा १२औँ कुकुर प्रतियोगिता सम्पन्न

राजधानीमा १२औँ कुकुर प्रतियोगिता सम्पन्न


शनिबार राजधानीमा १२औँ राष्ट्रिय कुकुर प्रतियोगिता सम्पन्न भएको छ । राजधानीको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडीपोखरी परिसरमा सो प्रतियोगिता भएको हो ।

प्रतियोगितामा ३१ प्रजातिका २१५ कुकुर सहभागी रहेका थिए । प्रतियोगितामा प्रत्येक जातबाट उत्कृष्ट हुने कुकुरलाई प्रमाणपत्र र ट्रफी वितरण गरिएको थियो ।

आकार र जातको आधारमा प्रत्येक प्रतियोगी कुकुरबाट आठ सयदेखि एक हजार रुपैयाँसम्म दर्ता शुल्क उठाइएको आयोजम के नाइन र बुलेट डग बिडर्सले जनाएका छन् । प्रतियोगितामा सबैभन्दा सानो आठ इन्चसम्मको कुकुरले सहभागिता जनाएको थियो । प्रतियोगितामा ३५ हजारदेखि १० लाख रुपैयाँसम्म पर्ने कुकुरलाई सहभागी गराइएको थियो ।

सो अवसरमा कुकुरपालनका तरिका, यसको हेरचाह, उपचार पद्धति, कुकुरबाट हुने फाइदालगायतका विषयमा कुकुरधनीले प्रस्ट पारेका थिए । प्रतियोगिता आयोजनाबाट बचेको रकम सडक कुकुरको उचित व्यवस्थापनका लागि खर्च गरिने आजोजकले जनाएको छ ।


प्रस्तुति : प्रवीण श्रेष्ठ