१५ असार २०७९, बुधबार

मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिने प्रधानमन्त्रीको दाबी

  प्रकाशित मिति
२५ माघ २०७६, शनिबार ०१:२१


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार (२४ माघ) आयोजित कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित देश भए पनि मुलुक जलमार्गसँग जोडिने र चाँडै नै यहाँका ठूला नदीहरुमा राष्ट्रिय ध्वजावाहक जहाज चल्ने उल्लेख गर्नुभयो । मोटरबोट जीवनको रमाइलोका लागि मात्र नभई पर्यटन विकासको आधारसमेत भएको प्रधानमन्त्रीको भनाइ थियो ।

मुलुकको आर्थिक समृद्धिका लागि भारत र चीनसँगको सम्पर्क सञ्जाल महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी भारतसँग मल्टिमोडल कनेक्टिभिटी र चीनसँग सीमापार बहुआयामिक विकासको सञ्जालमा जोडिन चाहन्छौैँ ।’ प्रधानमन्त्री ओलीले जोडिन लागेको रेल्वे लाइनले हाम्रो छिमेकीसँग जोड्ने मात्र नभई नेपालको यातायात र ढुवानीको व्यवस्थामा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

चाँडै नै भैरहवा र पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने जानकारी दिँदै उहाँले यसबाट हवाई सञ्जालमा ‘गेम चेन्जर’ बन्ने बताउनुभयो । सीमापार प्रशारण लाइनलाई नेपालले प्राथमिकता दिएको प्रधानमन्त्रीको भनाइ थियो ।

राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने प्रतिबद्धताअनुसार काम भइरहेको उहाँले बताउनुभयो । भेरी डाइभर्सन परियोजनामा प्रविधियुक्त उच्चस्तरीय सुरुङमार्ग निर्माण हुनु मुलुकको सामथ्र्यको राम्रो परीक्षण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पनि छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विश्व परिवेशमा आफ्नो कुरा व्यक्त गर्ने मञ्चका रुपमा नेपालले चैतमा ‘सगरमाथा संवाद’ राखेको र पहिलो सगरमाथा संवादले समसामयिक मुद्दामा बहस गर्न पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संवादले जलवायु परिवर्तनको असर न्यून गर्न विश्वभरका राजनीतिक नेतृत्व, नीतिनिर्माता, रणनीति निर्माणकर्ता, बौद्धिक वर्ग, सञ्चारकर्मी र अभियन्तालाई एकै थलोमा जम्मा गर्नेछ ।’

उहाँले विगतमा भएका विभिन्न देशको उच्चस्तरीय भ्रमणहरुले ती देशसँगको सम्बन्ध विस्तार गर्दै बहुपक्षीय क्षेत्रमा सहकार्यको वातावरण निर्माण गरेको दाबी गर्नुभयो । ‘हाम्रो देश ज्ञान र आइडियाको धनी छ, प्राकृतिक र सांस्कृतिक स्रोतको पनि धनी छ, विकासका लागि सम्भावनाको प्रचुरता छ, सरकार देशको आवश्यकतानुसार ऊर्जामयी साझेदारीको अवधारणाअनुसार अघि बढिरहेको छ’, प्रधानमन्त्रीले भन्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२० ले पर्यटन क्षेत्रलाई बढावा दिने र पर्यटकको सङ्ख्या बढाउने मात्र नभई पर्यटन क्षेत्रको दायरा फराकिलो पार्दै भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने उहाँले बताउनुभयो । ‘ब्रेन गेन’ सेन्टरमार्फत विदेशमा रहेका गैरआवासीय नेपालीको ज्ञान र सीप नेपालको सामाजिक आर्थिक विकासमा प्रयोग गर्न परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेको भन्दै उहाँले सरकारले ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा परिवर्तन गर्न महत्वाकाङ्क्षी योजना अघि सारेको बताउनुभयो ।

नेपालले अन्तर्राष्ट्रिय ऋण बहन गर्न सक्ने अवस्थामा नरहेकाले सहकार्यात्मक ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओलीको धारणा थियो । प्रधानमन्त्री ओलीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा अघि सारेको उल्लेख गर्दै समृद्ध समाज भनेको सभ्य र सकारात्मक सोचमार्फत सद्भावपूर्ण र सहअस्तित्वको सुसंस्कृति समाज निर्माण गर्नु हो भन्नुभयो । “विगतमा हाम्रो ध्यान परिणाम र सेवा दिने विषयमा केन्द्रित रह्यो, आर्थिक नीति उत्प्रेरित गर्ने खालको बनाएका छौँ, विगत तीन वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिदर रह्यो, राष्ट्रिय आयको बढ्दो स्तरले पूँजी परिचालनको आधार खडा गरेको छ”, प्रधानमन्त्रीले थप्नुभयो ।

भूकम्पपछिको निजी आवास, सम्पदा क्षेत्रको पुनःनिर्माण कार्य गहन तरिकाले अघि बढेको उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्न आफू सधैँ तत्पर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले १७५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेर राष्ट्रिय प्रतिबद्धताको मूल्यलाई बढाएको दाबी गर्नुभयो ।

rss


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पिर्केसलामी ग्रहणदेखि विवादास्पद विभिन्न सन्दर्भले उनको गरिमा लगातार गिर्दो अवस्थामै थियो । त्यसमाथि मन्त्री पद टिकाउन गरेका अशोभनीय क्रियाकलाप तथा

डाँडाकाँडाको जमिन र कुनाकाप्चाको २-४ आना जग्गा-घर देखाओटी रूपमा दान दिइएको होला तर ठूलाठूला भ्रष्टाचारबाट प्राप्त नगदी गोप्य रूपमा राखिएको

तीन न्यायाधीश र दुई न्यायाधीशको फरक राय रासस सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा बुधबार राय बाझिएको पूर्णपाठ सार्वजनिक

सांसदद्वय विमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका