हिमालपारिको जिल्ला मुस्ताङमा राष्ट्रिय स्की च्याम्पियनसिप

हिमालपारिको जिल्ला मुस्ताङमा राष्ट्रिय स्की च्याम्पियनसिप


नेपाल स्की संघको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप २०२० सम्पन्न भएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा संचालन भएको प्रतियोगितामा नेपालका राष्ट्रियस्तरका खेलाडीले सहभागिता जनाएका थिए । तेस्रो राष्ट्रिय स्की प्रतियोगितामा अल्पाइन, क्रसकन्ट्री र स्नो वोर्डिङ गरी तीन विधामा प्रतिस्पर्धा भएको स्की संघले जानकारी गराएको छ ।

प्रतियोगिताको अल्पाइन विधाको सिनियरतर्फ साहसराम श्रेष्ठले प्रथम स्थान हासिल गर्दा सुकदेव थापा दोश्रो र प्रगुन महर्जनले तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै पुन्दरीकुमार पाण्डेय, दिनेश कुमार बोहरा, छिरिङ तेन्जिङ शेर्पा, छिरिङ छागेल तामाङ, सरोज श्रेष्ठ, रमेश पाख्रिन र शाम्देन तामाङ क्रमसः चौथो देखि दसौं स्थानमा रहेका थिए ।

त्यस्तै, महिलातर्फ सिनियरतर्फ गौरीमाया तामाङले पहिलो स्थान हासिल गर्दा संगीता लामा, लक्ष्मी राई, फुन्जो लामा र सजनी लामा क्रमसः दोश्रोदेखि पाँचौं स्थानमा रहेका थिए ।

जुनियरतर्फको प्रतिस्पर्धामा सागर तामाङले बाजी मारेका थिए । त्यस्तै उमङ्ग रन्जीत दोश्रो र क्षितिज किरण रन्जित तेस्रो भए । अन्य प्रतिस्पर्धिमा प्रज्ज्वल महर्जन, दावा छिरिङ गुरुङ, छिरिङ दोर्जे तामाङ र नवाङदोर्जे तामाङ चौथो देखि सातौँ स्थानमा रहेका थिए । त्यस्तै महिला जुनियरतर्फ लाक्पा डोमा शेर्पा पहिलो, आयुसी महर्जन दोश्रो र उजला मुनिकर तेस्रो भए ।

त्यस्तै स्नो बोर्डिङतर्फ विशाल तामाङ प्रथम, नारिन तामाङ दोश्रो, छिरिङ तामाङ तेस्रो, दावा तामाङ चौथो र छिरिङ शेर्पा पाँचौं स्थानमा रहेका थिए । त्यस्तै क्रसकन्ट्री समुहमा सुजाता न्यासुर पहिलो, इशा तामाङ, दोश्रो, थाप्पेन लामा तेस्रो र छिमे तामाङ चौथो भएका थिए ।

प्रतियोगितामा नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठ, ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिम्सिनाको उपस्थिति रहेको थियो ।