आइएमई ट्राभलले मनायो १४औँ वार्षिकोत्सव

आइएमई ट्राभलले मनायो १४औँ वार्षिकोत्सव


आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । सेवाग्राहीमुखी योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने एक जनालाई गोलाप्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक रात खाने–बस्नेसहितको सुविधा निःशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्येबाट एक जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निःशुल्क उपल्ब्ध गराइने कम्पनीले जनाएको छ ।

उक्त योजना यही फेब्रुअरी, मार्च र अप्रिलभर लागु हुनेछ । सेवाग्राहीमुखी उक्त योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औँ वार्षिकोत्सव मंगलबार (२१ माघ) लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा मनाएको हो ।

आइएमई ट्राभलले पर्यटन क्षेत्रको समग्र विकासको लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिक गर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो । उक्त्त अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यबसायी मित्रहरूलाई पर्यटन विकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझ विशेष भूमिका खेल्न आग्रह गरे ।

नेपालका विभिन्न मनोरम हिमश्रृंखलालगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफूलाई स्थापित गर्न ब्यवसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उक्त अवसरमा आइएमई ट्राभल्सले पर्यटन विकासका लागि हालसम्म खेलेको भूमिकालाई मध्यनजर गर्दै पर्यटन विकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा विस्तार गर्ने जनाएको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्घन र विकासका लागि विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वको भावनाका साथ आगामी बढ्ने कुरा आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए ।