सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक शुरु

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक शुरु


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठक शुरु भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’ले अध्यक्षता गरिरहेका छन् ।

पार्टी एकता भएको डेढ वर्षपछि बोलाइएको बैठकमा पार्टीका दुवै अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ भने अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले सरकारका यसबीचका काम र उपलब्धिबारे जानकारी प्रस्तुत गर्ने बताइएको छ । यस्तै, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन् ।

नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो । विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो ।

pict: rss