विश्व कीर्तिमानी होचा खगेन्द्र थापा मगरको निधन

विश्व कीर्तिमानी होचा खगेन्द्र थापा मगरको निधन


होचा व्यक्तिको रूपमा विश्व कीर्तिमान राखेका बागलुङ धुल्लुबाँस्कोटका खगेन्द्र थापा मगरको निधन भएको छ । श्वास प्रश्वासमा समस्या आएपछि पोखराको मणिपाल अस्पतालमा गत बिहीबार भर्ना गरिएका खगेन्द्रको शुक्रबार (३ माघ) दिउँसो निधन भएको हो ।

पोखरास्थित मणिपाल अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएका थापा मगरलाई दिउँसो करीब ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए ।

खगेन्द्रले विश्व कीर्तिमानी राखेको आठ महिना मात्रै रहेको थियो । उनको रेकर्ड जुनरी वालाविङले तोडेका थिए । जुनरी कीर्तिमानीलाई पनि नेपालका चन्द्रबहादुर डाँगीले तोडेका थिए । उनको पनि निधन भएपछि हाल होचा व्यक्तिको नाममा जुनरी वालाविङको नाम रहेको छ ।

rss