माघको पहिलो दिन नेप्सेमा २१ अंकको वृद्धि

माघको पहिलो दिन नेप्सेमा २१ अंकको वृद्धि


पुस मसान्तमा घटेको सेयर कारोबार मापक नेप्से परिसूचक माघको पहिलो दिन २१ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २०.८५ अंकले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अंकले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अंकले बढ्दा कारोबार रकम भने ९० करोडमा समेटिएको छ । स्टकका अनुसार आज कुल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता सेयर रु. ९० करोड ४८ लाख १३ हजार ९३२ मा खरिद–बिक्री भयो ।

कारोबार भएका कुल १२ मध्ये तीन उपसमूहको सेयर ओरालो लागेको छ । होटेल ३.५४ अंकले घट्दा उत्पादन १६.०६ र अन्य उपसमूहको सेयर ०.८४ अंकले गिरावट भएको छ । बैंकिङ २७.१६, व्यापार ६३.४७, विकास बैंक ३५.४२, जलविद्युत ४.२९, फाइनान्स २०.१२, निर्जीवन जीवन बिमा २३.६३, माइक्रोफाइनान्स २७.२, जीवन बिमा ८१.०७ र सामूहिक लगानी कोष ०.०६ अंकले बढेका छन् ।

आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको सेयर कारोबार भयो । सो बैंकको सेयर रु. सात करोड ४० लाख ७४ हजार ७७० मा खरिद–बिक्री भयो । यस्तै एनएमबी बैंकको रु. तीन करोड १८ लाख ८२ हजार ८२०, नेपाल बैंक लिमिटेडको रु. दुई करोड ९० लाख ७१ हजार ९५३, नागरिक लगानी कोषको रु. दुई करोड ८६ लाख ३१ हजार ६९६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु. दुई करोड ५८ लाख ६६ हजार ४३८, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु. दुई करोड २८ लाख ९१ हजार ४१८ र एभरेष्ट बैंक लिमिटेडको सेयर रु. दुई करोड १७ लाख ७४ हजार १५७ मा खरिद–बिक्री भयो ।

आज सबैभन्दा बढी विशाल बजार कम्पनीका सेयरधनीले ९.९८ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ९.९२, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.८८, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था रु. ९.८५, पाँचथर पावर कम्पान्ट लिमिटेड ९.७६ तथा पञ्चकन्या माइ हाइड्रोपावर र मञ्जुश्री फाइनान्स लिमिटेडको लगानीकर्ताले सामान ९.४७ प्रतिशतले कमाए ।

स्टकका अनुसार आज रैराङ हाइड्रोपावर डेभलपमेन्टको लगानीकर्ताले सबैभन्दा बढी ७.२७ प्रतिशतले गुमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी २.७५, शिवम् सिमेन्टस् लिमिटेड २.६५, सानिमा बैंक (ऋणपत्र) २, दिव्यश्वरी हाइड्रोपावर १.८८ र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले १.७८ प्रतिशतले गुमाए ।
rss