युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ

युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ


सिरहाको गोलबजारमा एक युवतीमाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिकानिवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । उनीहरुले मोवाइल चार्ज गरिदिने बहानामा गएराति ती युवतीमाथि सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ ।

सिरहानिवासी १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरीनिरीक्षक जनक पुरीले जानकारी दिए । घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीलाई उद्धृत गर्दै राससले जनाएको छ । पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।