पञ्चायत र गणतन्त्रका नौ समानता

पञ्चायत र गणतन्त्रका नौ समानता


■ देवप्रकाश त्रिपाठी

जनसमूहले आफूद्वारा आफैँमाथि गरिने शासन पद्धतिलाई गणतन्त्रात्मक व्यवस्था भनिन्छ र राजाबाट शासन हुने प्रणालीलाई राजतन्त्रात्मक पद्धति भनिन्छ भन्ने आमजानकारीको विषय हो । दिनको ठीक विपरीत रात, आगोको विपरीत पानी र कालोको विपरीत सेतो भनिएजस्तै राजनीतिमा गणतन्त्र र राजतन्त्रलाई ठीक विपरीत अभ्यासका रूपमा बुझिन्छ ।

संसारमा एउटै मात्र देश नेपाल त्यस्तो मुलुक हो जहाँ देशको एकीकरण गर्ने राजाकै वंशज राजाको शासन थियो । वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र विस्थापनको घोषणापश्चात् नेपालमा राजा भए पनि राजतन्त्र र राजतन्त्रात्मक प्रणाली अस्तित्वमा छैन । अर्थात् विगत एघार वर्षदेखि नेपालले गणतन्त्रात्मक अभ्यास गर्दै आएको छ । नेपालीहरूको यो पुस्ताले सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र र गणतन्त्रात्मक गरी तीन भिन्नाभिन्नै प्रकारका राजनीतिक प्रणाली ‘भोग–चलन’ गर्न पाएको छ ।

पञ्चायतको अन्त्य भएपछि मात्र कुरा बुझ्ने अवस्थामा पुगेको पुस्ताले संवैधानिक राजतन्त्र र गणतन्त्रबीचको अन्तर महसूस गरेका छन् भने त्यसअघिका कम्तीमा दुई पुस्ताले सक्रिय राजतन्त्रात्मक (पञ्चायती) प्रणाली, संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्था र गणतन्त्रात्मक अवस्थाको अनुभव राम्रैसँग गर्न पाएका छन् । नेपालको राजनीतिक इतिहासमा सबैभन्दा खराब शासनका रूपमा राणाकाल र सक्रिय राजतन्त्रात्मक पञ्चायती प्रणालीलाई परिभाषित गरिएको छ । राणाशासन काल भोग्ने पुस्ताका मानिसको सङ्ख्या ज्यादै न्यून भइसकेको हुनाले यहाँ सर्वाधिक खराब भनिएको पञ्चायती शासन व्यवस्था र सबैभन्दा उन्नत दाबी गरिएको गणतन्त्रात्मक व्यवस्थाबीचमा देखिएका समानताबारे स्पष्ट गर्ने प्रयास गरिएको छ ।

आफ्नो अनुहार सबैलाई राम्रो लाग्छ, आफ्ना सन्तान सबैका निम्ति प्रिय हुन्छन् र आफूले बोकेको विचार–धारणा सबैलाई सही लाग्छ । त्यसैले जातिवाद, क्षेत्रीयतावाद र विखण्डनलाई प्रोत्साहित गर्ने वर्तमान सङ्घीय, धर्मनिरपेक्ष गणतन्त्र कसैलाई उत्तम लाग्नुको अर्थ सबैले उत्तम ठहर गर्नुपर्छ भन्ने होइन । सबै पञ्च नेपाली र सबै नेपाली पञ्च भन्ने घोषणा त्यसबेलाका शक्तिशाली राजाबाट भएको थियो, यतिबेलाका दलीय नेताहरूले ‘आफ्नो व्यवस्था’लाई सबैले स्वीकार गर्नुपर्ने उद्घोष गरिरहेका छन् ।

निरङ्कुश मानिने पञ्चायती शासनकाल र उन्नत तहको प्रजातान्त्रिक भनिने गणतन्त्रबीच व्यवहारमा विभिन्न नौवटा समानता भेटिएका छन् । परस्पर विपरीत व्यवस्थाका बीच पौने एक दर्जन समानता हुनु आफैँमा सुखद या दुःखद के मान्नुपर्ने हो सो निर्क्योल गर्ने जिम्मेवारी पाठक स्वयम्को भएको स्पष्ट गर्दै यहाँ नौ समानता दर्शाइएको छ ।

समानता नं. १

पञ्चायतमा फरक विचारलाई अपमान, उपेक्षा र तिरस्कार गरिन्थ्यो । निर्दलीय पञ्चायतको पक्षमा रहेकाबाहेकलाई कुनै प्रकारको अवसर र जिम्मेवारी प्राप्त हुने कल्पनासम्म गरिँदैनथ्यो । पञ्चायत नमान्नेलाई संवैधानिक नियुक्ति, कूटनीतिक सेवा, निजामती र शिक्षण आदि कुनै पनि पेसागत समूहमा सेवाको अवसर प्राप्त हुन असम्भव मानिन्थ्यो । अहिले गणतन्त्रमा पनि सङ्घीयता, जातीयता र धर्मनिरपेक्षतासहितको गणतन्त्रप्रति असहमतहरूले कुनै पनि अवसर पाउने कल्पनासम्म गर्न सकिँदैन । फरक विचार समूहप्रति पञ्चायतमा जत्तिकै असहिष्णुता गणतन्त्रमा पनि महसूस गरिएको छ । त्यसबेला पञ्चायतलाई स्वीकार गर्नेबाहेकका मानिस आफ्नै देशभित्र दोस्रो दर्जाको नागरिकझैँ अपहेलित र श्रेणीकृत थिए । अहिले धर्मनिरपेक्षतासहितको जातीय र सङ्घीय गणतन्त्रमा विमति जनाउनेहरूले पनि आफूहरू दोस्रो दर्जाको नागरिक ठान्नुपर्ने स्थितिको सामना गरिरहेका छन् ।

आफ्नो अनुहार सबैलाई राम्रो लाग्छ, आफ्ना सन्तान सबैका निम्ति प्रिय हुन्छन् र आफूले बोकेको विचार–धारणा सबैलाई सही लाग्छ । त्यसैले जातिवाद, क्षेत्रीयतावाद र विखण्डनलाई प्रोत्साहित गर्ने वर्तमान सङ्घीय, धर्मनिरपेक्ष गणतन्त्र कसैलाई उत्तम लाग्नुको अर्थ सबैले उत्तम ठहर गर्नुपर्छ भन्ने होइन । सबै पञ्च नेपाली र सबै नेपाली पञ्च भन्ने घोषणा त्यसबेलाका शक्तिशाली राजाबाट भएको थियो, यतिबेलाका दलीय नेताहरूले ‘आफ्नो व्यवस्था’लाई सबैले स्वीकार गर्नुपर्ने उद्घोष गरिरहेका छन् ।

समानता नंं. २

हिजो पञ्चायतमा त्यसअघिको प्रतिकूल इतिहासलाई मेट्ने, मेटाउने र ऐतिहासिक पात्रहरूलाई निषेध र निरुत्साहित गर्ने व्यवहार शासकहरूबाट प्रस्तुत गर्ने गरिन्थ्यो । दुईतिहाई जनमतबाट निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई पूर्वप्रधानमन्त्रीका रूपमा स्वीकार गर्न पञ्चायतले ठूलो कञ्जुस्याइँ गऱ्यो । देशको पूर्वप्रधानमन्त्रीका रूपमा बीपीलाई पञ्चायतले स्वीकार गर्न कहिल्यै चाहेन । पूर्वप्रधानमन्त्रीहरूको तस्बिर झुन्ड्याइने लहरमा समेत बीपीले ठाउँ पाएनन् । अपमान र तिरस्कारको चरम व्यवहार बीपीले बाँचिन्जेल सहनुपरेको थियो । विद्यमान गणतन्त्रले पनि पूर्वप्रधानमन्त्रीहरूप्रति समान र उदार व्यवहार गर्न खोजेन । मरिचमान सिंह र कीर्तिनिधि विष्ट यो मुलुकका देशभक्त व्यक्तित्व हुन्, समकालीन समाजले सम्मान गर्न योग्य व्यक्तिका रूपमा श्रेष्ठ र विष्टलाई लिएको छ । तर, पञ्चायतमा बीपीझैँ गणतन्त्रमा उनीहरू तिरस्कृत भए । कुनै प्रकारको सेवा, सुविधा र सम्मान उनीहरूलाई बाँचिन्जेल उपलब्ध गराइएन र मृत्युवरण गरेपछि पनि तिनलाई पूर्वप्रधानमन्त्रीका रूपमा व्यववहार गरिएन ।

देशको पूर्वप्रधानमन्त्रीका रूपमा बीपीलाई पञ्चायतले स्वीकार गर्न कहिल्यै चाहेन । पूर्वप्रधानमन्त्रीहरूको तस्बिर झुन्ड्याइने लहरमा समेत बीपीले ठाउँ पाएनन् । अपमान र तिरस्कारको चरम व्यवहार बीपीले बाँचिन्जेल सहनुपरेको थियो । विद्यमान गणतन्त्रले पनि पूर्वप्रधानमन्त्रीहरूप्रति समान र उदार व्यवहार गर्न खोजेन । मरिचमान सिंह र कीर्तिनिधि विष्ट यो मुलुकका देशभक्त व्यक्तित्व हुन्, समकालीन समाजले सम्मान गर्न योग्य व्यक्तिका रूपमा श्रेष्ठ र विष्टलाई लिएको छ । तर, पञ्चायतमा बीपीझैँ गणतन्त्रमा उनीहरू तिरस्कृत भए ।

पञ्चायतलाई प्रजातन्त्रघाती व्यवस्था मान्दा त्यहाँ प्रजातन्त्र पक्षधर नेतालाई अपमान र उपेक्षा गरिएको हुन्थ्यो । धर्मनिरपेक्ष, सङ्घीय गणतन्त्रलाई ‘देशघाती व्यवस्था’का रूपमा बुझ्न मिल्ने गरी देशभक्त पूर्वप्रधानमन्त्रीहरूलाई यसले हदैसम्म तिरस्कार गरिदियो, गर्दै छ । प्रचण्ड–बाबुराम, गिरिजा र सूर्यबहादुर थापाहरूसँग कीर्तिनिधि विष्ट र मरिचमान सिंह श्रेष्ठहरूको तुलना गर्दा विष्ट र श्रेष्ठको थप अपमान हुँदैन भने यतिचाहिँ भन्नैपर्ने हुन्छ– ‘विष्ट र श्रेष्ठले जे गरे देशको राष्ट्रियता सबलीकरणका निमित्त गरे । प्रचण्ड–गिरिजाहरूले गरेको काम सत्ताबाहेक अन्य कुनै महान् लक्ष्यका निम्ति थियो भन्न आधार–प्रमाण पुगिरहेको छैन ।

समानता नं. ३

पञ्चायतकालमा पञ्चायती सिद्धान्त तथा त्यसको मूल्य–मान्यता अस्वीकार गर्नेहरूलाई खुलेआम राजनीति गर्ने छुट थिएन । फरक धारको राजनीतिमा जो थिए, तिनले लुकेर–छिपेर आफ्नो राजनीति बचाएका हुन् । गणतन्त्रात्मक यो व्यवस्थाले कुनै पनि विचार–समूहलाई राजनीतिक गतिविधि गर्न घोषित प्रतिबन्ध लगाएको छैन, तर वर्तमान व्यवस्थाले अवलम्बन गरेकोभन्दा पृथक् धारको राजनीतिलाई अहिले बन्देज लगाइएको भने अवश्य छ ।

एकात्मक पद्धति, धर्मसापेक्षता र राजतन्त्रलाई आफ्नो विचारदर्शन या मार्गदर्शक सिद्धान्तका रूपमा लिपिबद्ध गर्ने दलहरू निर्वाचन आयोगमा दर्ता हुन सक्दैनन् । फरक वैचारिक धरातलका समूहलाई दल खोल्न र सत्ता राजनीतिमा विधिवत् प्रवेश गर्न नदिइनु भनेकै प्रतिबन्ध हो र त्यस्तो प्रतिबन्धको मारमा भिन्न विचार समूह परेका छन् । हिजो पञ्चायतमा प्रजातन्त्रवादीहरूलाई गरिएको व्यवहार गणतन्त्रमा राष्ट्रवादी देशभक्तहरूमाथि दोहोरिएको छ । प्रजातन्त्र मात्र यस्तो व्यवस्था हो जहाँ प्रजातन्त्रको विरुद्ध खडा भएको विचार समूहलाई समेत वैधानिक ढङ्गले राजनीति गर्ने छुट हुन्छ भन्ने प्रचलित मान्यताको नेपालमा खिल्ली उडाइएको छ । निरङ्कुश भनिने पञ्चायतमा जस्तै व्यवहार गणतन्त्रमा देखिएको छ ।

समानता नं. ४

पञ्चायतमा पञ्चहरू संविधान र कानूनभन्दा राजाको आज्ञापालनलाई ज्यादा महत्व दिने गर्दथे । उनीहरू कानून र संविधानसँग नभई राजासँग डर मान्थे । अहिले गणतन्त्रमा पनि कानून र संविधानप्रतिको सम्मान र डर देखिँदैन, कानून र संविधानभन्दा नेताको आज्ञा र इच्छा पालनलाई उच्च महत्व दिइन्छ । हिजो राजा र राजाको परिवारलाई कानून र संविधानभन्दा माथि राखेर व्यवहार गरिन्थ्यो, अहिले नेता र तिनका परिवारलाई कानूनभन्दा माथिको व्यवहार भइरहेको छ ।

एकात्मक पद्धति, धर्मसापेक्षता र राजतन्त्रलाई आफ्नो विचारदर्शन या मार्गदर्शक सिद्धान्तका रूपमा लिपिबद्ध गर्ने दलहरू निर्वाचन आयोगमा दर्ता हुन सक्दैनन् । फरक वैचारिक धरातलका समूहलाई दल खोल्न र सत्ता राजनीतिमा विधिवत् प्रवेश गर्न नदिइनु भनेकै प्रतिबन्ध हो र त्यस्तो प्रतिबन्धको मारमा भिन्न विचार समूह परेका छन् । हिजो पञ्चायतमा प्रजातन्त्रवादीहरूलाई गरिएको व्यवहार गणतन्त्रमा राष्ट्रवादी देशभक्तहरूमाथि दोहोरिएको छ ।

समानता नं. ५

पञ्चायतकालमा राजाको इच्छा पूरा गर्न कानून या संविधानको कुनै प्रावधानले अड्चन पैदा गऱ्यो भने त्यसलाई तत्काल संशोधन गरी राजइच्छाअनुकूल बनाइन्थ्यो । गणतन्त्रमा नेताका इच्छा कार्यान्वयनमा संविधान र कानूनको कुनै बुँदाले व्यवधान पैदा गर्न खोज्यो भने त्यसमा संशोधन गर्ने र नेताको इच्छाअनुरूपका काम–कारबाही अगाडि बढाउने परम्परा बसालिएको छ । कानून–नियमभन्दा माथि पञ्चायतमा एक व्यक्ति र तिनको परिवार थियो, गणतन्त्रमा अनेक व्यक्ति र तिनका परिवारले कानूनभन्दा माथिको जिन्दगी भोगिरहेका छन् । २०६३ मा बनेको अन्तरिम संविधान नेताका इच्छा पूरा गर्न दर्जनौँपटक संशोधन गरिएको थियो भने विद्यमान संविधानमा पनि नेताकै इच्छा पूर्तिका निम्ति संशोधनको माग भइरहेको छ ।

समानता नं. ६

पञ्चायतमा राजपरिवारका सदस्य तथा नातेदार राजाको नाता परेकै कारण योग्य मानिन्थे र, तिनलाई विभिन्न उच्चपदीय जिम्मेवारी दिइन्थ्यो । परिवार नियोजन सङ्घदेखि समाज कल्याण परिषद् र यस्ता अनेक सङ्घसंस्थाको नेतृत्व राजाका नातेदार तथा पारिवारिक सदस्यहरूले गर्ने गर्दथे । अहिले गणतन्त्रमा नेताका नातेदार तथा परिवारका सदस्यहरू हरेक जिम्मेवारीका निम्ति ‘सर्वाधिक योग्य’ ठहरिन पुगेका छन् ।

विश्वविद्यालयका उपकुलपतिदेखि राजदूत, संवैधानिक निकायका पदाधिकारी र राज्य संयन्त्रका सबै महत्वपूर्ण अङ्गहरूमा नेताका नातेदारलाई प्राथमिकता दिने गरिएको छ । नेताको परिवारका सदस्य तथा नातेदारले नचाहेका पदीय जिम्मेवारीमा मात्र आसपासे र निकटका कार्यकर्ताहरूले मौका पाउने गरेका छन् । पात्र र परिस्थिति भिन्न भए पनि पञ्चायत र गणतन्त्रमा एउटै प्रवृत्ति र शैलीले काम गरिरहेको छ ।

समानता नंं. ७

पञ्चहरू आफ्नो विवेक प्रयोग गर्न पञ्चायतमा स्वतन्त्र थिएनन् । त्यसैले अधिकांश पञ्चहरू राजनीतिकर्मीजस्ता नभई दरबारका कारिन्दा या चल्तीको भाषामा लठैतजस्ता देखिन्थे । यद्यपि, राजाको निकट भएको विश्वासमा जनसाधारणले तिनलाई सम्मान भने दिने गर्दथे । तर, आफ्नो विवेकले निर्णय लिने र देश तथा समाजका निम्ति कुनै कदम चाल्ने योग्यता, क्षमता, स्वतन्त्रता र साहस पञ्चहरूमा भएको विश्वास गरिँदैनथ्यो । गणतन्त्रमा पनि पार्टीका कार्यकर्ता या दोस्रो पुस्तासम्मका नेतामा स्वविवेकीय अभ्यास र क्षमता ठ्याम्मै देखिँदैन । कुनै न कुनै अगुवाको भक्तिगानमा रमाउँदै एक छेस्को पद पाउन कुदिरहेका ज्यानप्याराहरू हरेक दलमा भेटिन्छन् ।

एक त्यान्द्रो अवसर पाउनका निम्ति मान्छे कतिसम्म तल झर्न सक्छन् र एउटा अयोग्य मानिसका पछाडि कति धेरै मानिस लामबद्ध हुन्छन् भन्ने तथ्यको उजागर दलहरूको आन्तरिक व्यवहारले गरेको छ । गणतन्त्रमा पार्टीका दोस्रो पुस्ताका नेतादेखि कार्यकर्तासम्मको मूल्य राजाको चौकीदारको जति नभए पनि प्रवृत्ति र परिणाममा समानता महसूसचाहिँ गरिएको छ ।

समानता नंं. ८

पञ्चायतमा सत्ताका ताबेदार तथा लठैतहरूको दादागिरी जसरी चल्ने गर्दथ्यो, गणतन्त्रमा त्योभन्दा व्यापक हैकम पार्टीका ठेट्नाहरूको चल्ने गरेको छ । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल र युवापञ्च आदिका नाममा देखिएकोभन्दा ज्यादा चुरीफुरी गणतन्त्रमा वाईसीएल, युथ फोर्स, अखिल, नेविसङ्घ आदि नाममा देख्नुपरेको छ । प्रशासनभित्र कर्मचारी युनियनको दादागिरी, उद्योगभित्र विभिन्न पार्टीका आवरणमा खुलेका मजदुर जत्थाहरूको मनपरी, शिक्षण संस्थाहरूमा शिक्षक र प्राध्यापकभन्दा पार्टीका नाममा सङ्गठित विद्यार्थी सङ्गठनहरूको बोलवाला छ र समाजमा पार्टीको आवरणका झुण्डहरूको दादागिरीले नेपाली जनतालाई गणतन्त्रको स्वाद राम्रैसँग चखाइदिएको छ । पञ्चायतमा बरु यस किसिमको अराजकता र अनुशासनहीनता न्यून थियो भन्न सकिएला, तर मात्राभन्दा पनि प्रवृत्तिगत समानताचाहिँ पञ्चायत र गणतन्त्रमा एकै स्तरको देखिएको छ ।

आफ्नो विवेकले निर्णय लिने र देश तथा समाजका निम्ति कुनै कदम चाल्ने योग्यता, क्षमता, स्वतन्त्रता र साहस पञ्चहरूमा भएको विश्वास गरिँदैनथ्यो । गणतन्त्रमा पनि पार्टीका कार्यकर्ता या दोस्रो पुस्तासम्मका नेतामा स्वविवेकीय अभ्यास र क्षमता ठ्याम्मै देखिँदैन । कुनै न कुनै अगुवाको भक्तिगानमा रमाउँदै एक छेस्को पद पाउन कुदिरहेका ज्यानप्याराहरू हरेक दलमा भेटिन्छन् ।

समानता नं. ९

पञ्चायतकालमा शासकहरूको व्यवहार जस्तो थियो, त्योभन्दा धेरै भिन्न गणतन्त्रमा महसूस गर्न पाइएको छैन । नमरिन्जेलसम्म सत्तामा रहिरहने ‘संस्कृति’ पञ्चायतमा पनि थियो र अहिले पनि छ । कुनै पनि पार्टीका नेता राजतन्त्रात्मक व्यवस्थामा जस्तै सत्ताको शिखरबाट सोझै आर्यघाट पुग्न चाहन्छन् । राजतन्त्र गलत भएको भन्दै राजनीतिमा प्रकट भएकाहरू तीसौँ वर्षदेखि शीर्षस्थ भूमिकामा छन् र अर्को पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने मानसिकतामा कोही पनि देखिँदैनन् । त्यसर्थ गणतन्त्र र पञ्चायतमा नेतृत्वको प्रवृत्ति र व्यवहार उस्तै रहेको छ ।

हुन त पञ्चायत र गणतन्त्रमा कैयन असमानता पनि नभएको होइन । पञ्चायतमा राजनीति गर्नेहरू आफ्नो घरखेत बेच्थे र समाजमा ‘फलानाले राजनीतिमा लागेर सबै सम्पत्ति सिध्यायो’ भनेको यत्रतत्र सुनिन्थ्यो । गणतन्त्रमा राजनीति गर्नेहरूले जति आम्दानी अरू कुनै व्यवसायले गर्न सकेको छैन । सबैभन्दा ‘सुरक्षित’ आम्दानीको साधन नै राजनीति बनेको छ गणतन्त्रात्मक नेपालमा । पञ्चायतमा शासक र प्रशासकहरू भ्रष्टाचारमा संलग्न हुन निकै डर मान्थे, अहिले शासक–प्रशासकहरू खुलेआम भ्रष्टाचार मात्र गर्दैनन्, यसलाई संस्थागत गर्दै विस्तारितसमेत गरिएको छ । पञ्चायतमा राष्ट्रियता, राष्ट्रिय एकता र ‘सार्वभौमिक सर्वोच्चतामा कसैसँग कुनै सम्झौता गर्ने रोगी मानसिकता भेटिँदैनथ्यो, गणतन्त्रमा आफ्ना निजी आकाङ्क्षा पूरा गर्न वडाध्यक्षदेखि प्रधानमन्त्री या सोसरहका हरेक मानिस देशलाई दाउमा राख्न तम्तयार देखिन्छन् ।

विदेश पलायन भएका क्षमतावान मानिसलाई राजा–महाराजाहरू खोजी–खोजीकन फिर्ता ल्याएर स्वदेशको सेवामा लगाउँथे, गणतन्त्रमा युवा र क्षमतावानहरूलाई विदेश पलायन हुन नियोजित ढङ्गले नै बाध्य पारिएको छ । यस्ता कतिपय असमानता पञ्चायत र गणतन्त्रमा भए पनि धेरै समानता नै महसूस गरिएको छ । जब पञ्चायतका विकृत पक्षलाई नै अनुशरण गर्नु थियो, पञ्चायतका राम्रा र सकारात्मक पक्षलाई तिलाञ्जली दिनु थियो भने हामीले ‘यिनलाई किन सहयोग गऱ्यौँ, किन नेता स्वीकार गऱ्यौँ र गर्दै छौँ’, अब हामी हरेक नेपालीले एकपटक आफैँसँग प्रश्न गर्नुपर्ने भएको छ ।