प्रतिबन्धित नेकपासम्बद्ध युवा संगठनका जिल्ला सचिवद्वारा आत्मसमर्पण

प्रतिबन्धित नेकपासम्बद्ध युवा संगठनका जिल्ला सचिवद्वारा आत्मसमर्पण


नेत्रविक्रम चन्द समूहनिकट युवा संगठनका जिल्लासचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बाग्लुङमा आत्मसर्मपण गरेका छन् ।

गलकोट नगरपालिका–४ का सुनारले सो पार्टी परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहवरमा आत्मसर्मपण गरेका हुन् ।

सो अवसरमा उनले जारी गरेकोे प्रेस विज्ञप्तिमा ‘नेपालको संविधान, कानुनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु’ भन्ने उल्लेख छ । जिल्ला अदालतले सुनारलाई आइतबार रु. १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

pict:rss