मोरङबाट समातिए चन्द समूहका तीन कार्यकर्ता

मोरङबाट समातिए चन्द समूहका तीन कार्यकर्ता


जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाईं भनिने नरेश चौलागाईं, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल रहेका छन् । चौलागाईं समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनीहरूलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरेको उनले बताए ।