सीपी गजुरेल प्रहरी नियन्त्रणमा

सीपी गजुरेल प्रहरी नियन्त्रणमा


सरकारविरोधि प्रदर्शनमा उत्रिएका वामपन्थी नेता सीपी गजुरेललाई प्रहरीले पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता गजुरेल सीमा अतिक्रमणको विरोधलगायतका मुद्दामा आज राजधानीको माइतीघरमा गरिएको संयुक्त प्रदर्शनका क्रममा पक्राउ परेका हुन् ।

माइतीघरतर्फबाट संसद भवन नयाँ बानेश्वरतर्फ जुलुस अघि बढेपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरी टोलीले गजुरेललगायत नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको हो ।