राजधानीमा प्रदर्शन गर्ने प्रतिबन्धित नेकपाका कार्यकर्ताहरु पक्राउ

राजधानीमा प्रदर्शन गर्ने प्रतिबन्धित नेकपाका कार्यकर्ताहरु पक्राउ


सरकारको विरोधमा उत्रिएका प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु राजधानीमा पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठनका करिव दुई दर्जन कार्यकर्ता पक्राउ परेका हुन् ।

नेकपाका जनवर्गीय संगठनले राजधानीको प्रदर्शनी मार्गमा भेला भई संयुक्त विरोध कार्यक्रम आयोजना गर्न लागेका थिए । सोही क्रममा प्रहरीले प्रतिबन्धित नेकपाका पूर्वकेन्द्रीय सदस्य मकर गुरुङसहित २० जना भन्दा बढीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग भारतले आफ्नो क्षेत्रमा पारेकोलगायत अमेरिकी सरकारसँगको एमसीसी सहयोग कार्यक्रम जस्ता मुद्दामा सरकारको विरोध गर्दै राजधानीमा प्रदर्शनको तयारी गरेका थिए ।